कसरि बागमतीमै डुबे सचिव थापा र नायक हमाल ?

11:15 Posted by npnews

१९ साउन एजेन्सी । चलचित्रका पर्दामा पहाडबाट हाम्फल्ने तथा ठूला नदीमा डुबेका व्यक्तिलाई पौडेर उद्धार गरेको दृश्य देखाउने नायक राजेश हमाल बागमती नदीमा पुर्‍याफ्टिङकै क्रममा डुबे भनेको सुन्दा आश्चर्य लागेपनि यो वास्तविक घटना नै बन्न पुगेको छ । बागमती सभ्यता बचाउ अभियानमा सक्रिय राजेश र सहरी विकास मन्त्रालयका सचिव किशोर थापा पुर्‍याफ्टिङका क्रममा आज बागमती नदीमा खसेर डुब्नुभएको थियो । उहाँहरु पुर्‍याफ्टिङ दुर्घटनामा परे पनि कुनै चोटपटक नलागेकाले सकुशल हुनुहुन्छ ।
बागमती सफाइ अभियान–२०७० अन्तर्गत जनचेतना जगाउने उद्देश्यले शनिबार यहाँ आयोजना गरिएको पुर्‍याफ्टिङमा उहाँहरु दुवैजना एउटै डुङ्गामा सवार हुनुहुन्थ्यो । गुहेश्वरीमाथि गोठाटारस्थित बागमती पुलबाट तिलगङ्गाका लागि छुटेको डुङ्गा गुहेश्वरी र पशुपति मन्दिर क्षेत्रबीचको खाेचमा पुगेपछि ठोक्किंदा दुवैजना डुङ्गाबाट चिप्लिएर नदीमा खस्नुभएको थियो ।
पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लीलामणि पौडेल, सचिव थापा, नायक हमाल, नेपाल पुर्‍याफ्टिङ एसोसिएसनका मेघ आलेसहितका व्यक्ति सवार सो डुङ्गाको पछिल्लो भागमा हमाल र थापा बस्नु भएको थियो । खोँचमा पानीको अत्यधिक बहाव भएको ठाउँमा डुङ्गाको अघिल्लो भाग उचालिन जाँदा पछिल्लो भागबाट उहाँहरु नदीमा खस्नु भएको थियो ।
नदीमा खसेका दुईमध्ये सचिव थापा पौडी खेलेर आर्यघाट नजिक उत्रन सफल हुनुभयो भने नायक हमाललाई भने सोही डुङ्गामा रहेका अन्य सहयोगीले तानेर उद्धार गरेका थिए । सो घटनापछि नायक हमाल बागमती सफाइ अभियानको सिलसिलामा तीलगङ्गामा आयोजना गरिएको औपचारिक समारोहमा सामेल हुनुभएन ।
तर सचिव थापा भने सो घटनापछि समेत तीलगङ्गादेखि शान्तिनगरस्थित बागमती नदीको सफाइ अभियानमा पैदल यात्रा गरेरै फोहर टिप्ने कार्यमा जुट्नुभयो । अत्याधिक पानीको बहाव भएको स्थानमा डुङ्गाबाट खसेपनि आफूमा पौडी खेल्ने अनुभव भएकाले पौडेर आर्यघाट नजिक किनारमा लाग्न सफल भएको सचिव थापाले राससलाई प्रतिक्रिया दिनुभयो ।
चोभार नजिक २०३४ सालसम्म बागमती नदीमा पौडी खेल्दाको अनुभवका कारण आफू पौडी खेलेर पार लाग्न सफल भएँ, कुनै चोटपटक लागेन–उहाँले भन्नुभयो । पानीको तीब्र बहाव, केही बस्तुमा डुङ्गा ठोकिन गएको र यात्रुको बसाइँको सन्तुलन नमिलेका कारण डुङ्गा ढल्कन गई दुवै जना नदीमा खसेको अनुमान गरिएको छ । पुर्‍याफ्टिङ गर्दा यात्रुले अपनाउनु पर्ने सावधानीप्रति सचेत नहुँदा यस्ता दुर्घटना हुने गर्दछन् ।
नेपाल पुर्‍याफ्टिङ एसोसिएसनको आयोजनामा सो पुर्‍याफ्टिङ भएको थियो । सो कार्यक्रममा १२ डुङ्गाको प्रयोग गरिएको थियो । कसरि डुबे तलको बक्समा क्लिक गरि भिडियो हेर्नुहोला !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment