चन्द्रमाको चट्टान अमेरिका हुँदै नेपाल आएपछि........

10:50 Posted by npnews

सुनसरीको अमाहीबेला–७ स्थित एभरेस्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शनमा राखिने चन्द्रमाको ढुङ्गा अमेरिकाबाट विराटनगर आइपुगेको छ ।

 साइन्स सेन्टरका अध्यक्ष डा. दिलीप अधिकारीको नेतृत्वमा गएको टोलीले मेयरबसाल्ट नामको तीन अर्ब ७५ करोड वर्ष पुरानो उक्त चट्टान शनिबार दिउँसो विराटनगर ल्याईपुर्याइएको हो ।
अमेरिकी वैज्ञानिकहरूको संस्था नासा रहेको टेक्सास राज्यको हिल्सटन सहरबाट सोझै विमानबाट नेपाल ल्याएको उक्त १२० ग्राम वजन भएको चट्टान विराटनगर विमानस्थलबाट सोझै सुनसरीस्थित साइन्स सेन्टरमा लगिएको छ । सोमबारबाट सुरु हुने प्रदर्शनीमा राखिने उक्त चट्टान नेपाल र भारतका १० लाख मानिसले अवलोकन गर्ने साइन्स सेन्टरले जनाएको छ । पहिलोपल्ट अन्तरीक्षमा पाइला टेक्ने अमेरिकी अन्तरीक्षयात्री निलआर्मस्टाङको जन्म र स्मृति दिवसको महिना पारेर उक्त चट्टान नेपालमा ल्याइएको हो । रासस अन्य जानकारीको लागि तलको बक्स मा क्लिक भिडियो हेर्नुहोस् । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment