पूर्वप्रधानमन्त्रीलाई कुकुरले टोकेपछि सिंगो टोलमै सन्सनी फैलियो

04:24 Posted by npnews

काठमाडौं, २२ साउन । सामान्य मानिसलाई कुकुरले टोकेको घटना नौलो होइन । होसियारी अपनाउँदा अपनाउँदै पनि कतिपय अवस्था कुकुरले टोकेर रेविज जस्तो गम्भीर रोग लाग्ने गरेको छ । तर, ६:१५ तिर सुरक्षाको पहरा तोडेर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कुकुरले टोकेपछि उहाँको सुरक्षामा खटिएको सुरक्षाकर्मी, घरपरिवारमा मात्र होइन, सिंगो टोल छिमेकमै सन्सनी फैलियो ।
भक्तपुरको लोकन्थली हाइटमा रहेको घरबाट अघिपछि सुरक्षाकर्मी लगाउँदै मर्निङवाक हिड्नुभएका चन्दको दायाँ हातको नाडीमा कुकुरले टोक्यो । छिमेकी गुड्डु थापाको ‘लाइका’ नामको भाले कुकुरले पूर्वप्रधानमन्त्री चन्दलाई टोकेपछि दिनभर उहाँको घरमा आफन्त र सुरक्षाकर्मीको चहलपल देखियो ।
‘ढुकुरलाई ताकेको कुकुरलाई लाग्यो’ भने जस्तो चन्दको कुकुरलाई टोक्न खोजेको उहाँकै हात पो टोकिदियो । टोक्नै परेपछि पूर्वप्रधानमन्त्री नै टोक्न पाएको लाइकालाई रेविजविरुद्धको खोज लगाउने गरेको मालिक थापाको भनाइ छ ।
कुकुरलाई सुई लगाएको निश्चित भएपछि चन्दले रेविजविरुद्धको खोपसमेत नलगाएको पारिवारिक सूत्रको भनाइ छ । चिकित्सकको सल्लाहअनुसार उहाँले अहिले सुई नलगाउने निर्णय गरेको तर, दशभित्र लाइका तलमाथि पर्‍यो भने चाहिँ चन्दले उपचार गर्ने सोच बनाउनुभएको छ ।
यदि चन्दलाई रेविज लाग्यो भने लाइका र मालिक गुड्गु थापामाथि कस्तो कारबाही होला त्यो भने हेर्न बाँकी छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment