क्यान्सरपीडित डाक्टरको क्रन्दन यस्तो छ , सरकार प्रमुख रेग्मीलाई पत्र- 'कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति .......

09:45 Posted by npnews

काठमाडौं । एक डाक्टर जो देशको दुर्गम ठाउँका जनताको लागि सम॔पित हुन्छ तर उ थला पर्दा उपचार गर्न मान्दैन । नेता बिरामी पर्दा राज्य ढुकुटीको करोडौं रुपैयाँ सक्ने सरकार अरुका निम्ति सेवा गर्दा आफु बिरामी पर्दा केही नगरेपछि यति सम्म पिडामा हुन्छन् ।

यो सत्य घटना पढ्नुहोस् र सेयर गर्नुहोस् । ता कि सरकार सम्हालेर बस्नुभएका खिलराज रेग्मी ज्युको घैंटामा घाम लागोस् ।

क्यान्सरपीडित डाक्टरको क्रन्दन यस्तो छ ।


श्रीमान् अध्यक्षज्यू,
अन्तरिम मन्त्रिपरिषद्, नेपाल सरकार
सिंहदरबार, काठमाडौं

महोदय,
२०४६ सालमा स्वास्थ्यसेवामा प्रवेश गरे यता मैले देशका दुर्गम ठाउँका जनताको सेवामा समर्पित गर्दै आएको हुँ । साथै म सेवामा प्रवेश गर्दा गाउँघरका दीनदुःखी जनताको सेवा गर्ने चिकित्सक औंलामा गन्न सकिने हुन्थे । त्यस मध्येको एक म पनि हुँ, श्रीमान अध्यक्षज्यूलाई यो कुरा पुनः स्मरण गराउन चाहन्छु । मैले सेवा अवधिभरि पुरै दुर्गम ठाउँमा बसेर काम गरिरहें । माओवादी द्वन्द्वग्रस्त जिल्लामा बसेर लगातार १२ वर्ष काम गर्दा पत्तै नपाई मलाई क्यान्सर भएछ । क्यान्सरको औषधी निकै महँगो छ । सरकारको नियमअनुसार पाउने रकमले दुई महिना पनि औषधी गर्न पुग्दैन । त्यसैले सरकारबाट थप सहयोगको आश गरेको छु ।
यस सन्दर्भमा सिंहदरबारमा बसेर काम गर्ने कर्मचारी र दुर्गममा बसेर सेवा गर्नेलाई एउटै धरातलमा राखेर नहेरियोस् । जीवनभर राष्ट्रको सेवामा खट्ने कर्मचारी बिरामी पर्दा उपचार गर्ने जिम्मेवारी राज्यको हुनुपर्ने होइन र रु स्वास्थ्य मन्त्रालयले उत्कृष्ट सेवा गरेका चिकित्सक भनी घोषणा गरिएका व्यक्तिको उपचार गर्नु राज्यको दायित्व होइन र ? के मैले गरेको सेवाको पुरस्कार यही हो, जबकि म क्यान्सर लागेर उपचार खर्चको अभावमा भौंतारिनुपर्ने रु क्यान्सर रोगको थप उपचारका लागि १० महिनादेखि सरकारसँग आर्थिक सहयोग माग गरिरहेछु । तर पाउन सकेको छैन । त्यसैले यसतर्फ अध्यक्षज्यूको ध्यान पर्छ कि रु भनी यो पत्र कोरेको हुँ ।
यदि राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस् । हैन भने म क्यान्सरको पीडा सहेर बाँच्न सक्दिनँ । अध्यक्षज्यूको जो आज्ञा ।

निवेदक
डा.चित्रप्रसाद शर्मा वाग्ले
नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको
बेडबाट
सौजन्यः टपनेपालन्यूज डटकम
अन्य जानकारीको लागि भिडियोमा हेर्नुहोला । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment