बुहारीले सासुलाई मार्न पानीमा हालिन विष

00:00 Posted by npnews

२४ साउन, इलाम । इलामको पञ्चकन्यामा खानेपानीमा विष मिसाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पञ्चकन्या–१ जसीगाउँ निवासी ४० वर्षीया मीना सापकोटाले सासू चन्द्रमाया सापकोटाको घरमा राखिएको पानीको गाग्री र पानी ट्याङ्कीमा विष हालेकी हुन् । चियाको बोटमा हाल्नका लागि ल्याइएको नुनसिल नामक विषादी हाल्दै गरेको अवस्थामा सासूले देखेकी थिइन् ।विषादी हाल्ने मीनालाई आइतबारेबाट गएको प्रहरीले आज पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । रासस
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment