अधिकांश होटलमा युवतीहरु राखेर यौन धन्दा.....

08:36 Posted by npnews

तनहुँ । सदरमुकाम दमौली र आसपास क्षेत्रमा सञ्चालित होटलमा युवतीहरु राखेर यौन धन्दा सञ्चालन हुने गरेको बुझिएको छ ।

 
स्रोतका अनुसार यस्ता कार्यमा संलग्न अधिकांश युवतीहरु जनजाति र दलित रहने गरेका छन् । उक्त कार्यमा संलग्न गराएवापत होटल मालिकले रु ५०० सम्म र यौन क्रियाकलापमा सहभागीले रु एक हजारदेखि एक हजार ५०० सम्म शुल्क लिने गरेका छन् ।
तनहुँकै एक होटलमा रहेर उक्त कार्यमा संल्ाग्न भएकी नेपाली थरकी एक युवतीले रहर नभई बाध्यताका कारण पनि यस्ता क्रियाकलापमा लाग्नुपरेको बताइन् । एकै दिनमा धेरै व्यक्तिसँग होटल मालिकले जर्बजस्ती पठाउने र पाउनुपर्ने शुल्क दिन पनि आलटाल गरेर दुःख दिने गरेको नाम नबताउने सर्तमा ती युवतीले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले अवैधानिक रुपमा गरिने कुनैपनि क्रियाकलापलाई प्रहरी प्रशासनले छुटकारा नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “अवैधरुपमा बिक्री वितरण गरिने घरेलु मदिरा, लागुऔषध दुव्र्यसनी, यौन क्रियाकलापलगायतका कार्य गर्ने जो कोहीलाई पनि निरुत्साहित गरिनेछ ।” हालसम्म उक्त कार्य हुँदै र गरिँदै आइरहेको भए पनि सुध्रन माइकिङमार्फत् जनचेतनाका अभियानहरु सञ्चालन गरिएको र उक्त कार्यपश्चात पनि सुधार नभएमा विशेष अभियान अघि बढाइने उहाँले बताउनुभयो । रासस भिडियो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस् । 

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment