हिरासत छल्न बिरामी भएको बहाना गरेर अस्पताल भर्ना

14:25 Posted by npnews

साउन १७ एजेन्सी । ५० करोड भन्दा बढी ठगि गर्ने एक अभियुक्त प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका छन्। एच एन्ड बी बैकको गुड फर पेमेन्ट चेक दुरुपयोग प्रकरणका नाइके मनोज चौरसिया अदालतभित्रै बिरामी भएको बहाना गरेर अस्पताल भर्ना हुन लागेका छन् ।

यसअघि पक्राउ परेका ठूला आर्थिक अपराधिको सिको गर्दै उनी बिरामी भएको बहाना बनाएर अस्पताल भर्ना हुन लागेको प्रहरी अधिकारी बताउँछन्। बयानको लागि अदालतमा पुर्‍याइएकोमा बिरामी भएको नाटक गरेर उनी न्यायाधीशकै अगाडि लड्न खोजेका थिए।

बिरामी भएको नाटक गरेपछि अदालतले चिकित्सकलाई देखाएर बयान गर्न सक्ने भएपछि उपस्थित हुन प्रहरीलाई पत्र लेखेको छ । अदालतको आदेशमा प्रहरीले अस्पताल भर्ना गर्न लागेपछि भने उनले आफूलाई खासै केही नभएको भन्दै विहिबार मात्र अस्पताल जाने बताए ।

यसअघि पनि ठूला अर्थिक अपराधिहरु हिरासत छल्न विरामी नै नभइ अस्पतालसँग मिलेर भर्ना हुने गरेका छन्।

एच एन्ड बी ठगी प्रकरणमा १ अर्ब ५ करोड रुपैयाँको माग दाबीसहित १४ जनाविरुद्ध गत माघमा मुद्दा दायर भएको थियो । यसमा चौरसियाविरुद्ध ४७ करोड रुपैयाँको माग दाबी गरिएको छ । चौरसियासँगै उनका सहयोगी भनिएका जयकुमार यादव र सुरेन्द्र प्रधान फरार थिए । ती दुई अझै पक्राउ परेका छैनन् । बाकी भिडियो बाट हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment