यी महिला हुन् तर पुरुष बनेर बिताइन् सेनामा २० वर्ष...

03:00 Posted by npnews

एक साहसिक महिलाले कसैले पत्तै पाउने गरि जसले पुरुष बनेर बिताइन् सेनामा २० वर्ष.पुरा विवरण हेर्नुहोस !!!
१८ साउन, एजेन्सी । २० वर्ष अमेरिकी सेनामा काम गर्दा क्रिस बेकले शत्रुका धेरै रहस्य उजागर गरिन्, तर आफ्नो जीवनको निकै महत्तवपूर्ण रहस्य भने उनले आफूमै मात्र सीमित गरिन् । हो, उनले आफू पुरुष नभई एक महिला भएको रहस्य उनले सबैसामु लुकाउन सफल रहिन् ।
अमेरिकी विशेष सैन्य टुकडी नेभी सिल्सको सदस्यका रूपमा जिउनु निकै कठिन हुन्छ । यसका लागि आफू बलियो मात्र होइन, हिंस्रक पनि बन्नुपर्छ । उनले स न् २००३ मा इराक युद्धको समयमा बासरानजिकै सैत–अल–अरबलगायतका धेरै गोप्य मिसनमा भाग लिइन् ।
तर, अमेरिकी सेनाबाट रिटायर्ड भएको करिब एक वर्षपछि गएको फेब्रुअरीमा मात्र उनले आफ्नो लिंक्ड इन प्रोफाइलमा सेतो ब्लाउजमा मुस्कराउँदै गरेकी महिलाको फोटो अपलोड गरिन् र लेखिन्, ‘आज म पुरुष हुँ भन्ने झूटो पहिचान सदाका लागि त्याग्दै छु ।’ र, यसरी उनी क्रिसबाट क्रिस्टिन बनिन् । केको डर ? यूएस नेभी सिललाई संसारकै सबैभन्दा खतरनाक र कठिन सैन्य अभियानमा पठाइन्छ । सन् २०११ को मेमा पाकिस्तानमा अलकायदा नेता ओसामा बिन लादेनलाई मार्ने समूहल ‘सिल टिम–६’ को सदस्यका रूपमा क्रिस्टिनले कामसमेत गरिसकेकी छन् । नेभी सिलको नियम, निष्ठा, इमानदारी र विश्वास कायम गर्नु सबैभन्दा ठूलो आवश्यकता थियो ।
यस्तो परिस्थितिमा क्रिस्टिनलाई डर थियो कि आफूले आफ्नो पहिचान खुलाए उनका समकक्षीले उनीमाथि नियम उल्लंघन गरेको आरोप लगाउनेछन् भन्ने । वासिंगटन डीसीमा जर्ज टाउन विश्वविद्यालयमा मनोरोग विज्ञानकी प्राध्यापक ऐनी स्पेकहार्डसँग आफ्नो अनुभव सुनाउँदै क्रिस्टिनले ‘वारियर प्रिन्सेस: अ यूएस नेभी सिल्स जर्न टु कमिङ आउट ट्रान्सजेन्डर’ समेत लेखेकी छन् । जीवनको उद्देश्य यसमा उनले आफ्नो दुई विवाहबारे उल्लेख गरेका छन् जुन दुवै बेकार थिए ।
उनले त्यसमा आफ्नो बाल्यकालको परिवेशबारे पनि बताएका छन्, जुन धार्मिक र सामाजिक रूपमा निकै रुढीवादी थियो । ‘केही मानिसका लागि यो स्विकार्नु कठिन थियो, तर धेरै मानिस सकारात्मक थिए ।
म निजी, सैन्य र पारिवारिक गरी तीन प्रकारको जीवन बाँचिरहेको छु,’ उनले यस्तो बीबीसीसँग यसो भनिन भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment