बोल्न नसक्ने नम्रता र अर्पणको प्रेम सार्वजनिक(भिडियो)

09:42 Posted by npnews

नम्रता श्रेष्ठलाई अब बोल्न नसक्ने अवस्थाको पुरा भिडियो यहाँ हेर्नुहोस !!!
विभिन्न खालका भूमिका निर्वाहा गरेर दर्शकको माया पाएकी नायिका नम्रता श्रेष्ठलाई अब बोल्न नसक्ने अवस्थामा देख्न सकिने छ । असोज ११ गतेबाट एकसाथ देशव्यापी प्रदर्शन हुन लागेको ‘मौन’ चलचित्रको प्रोमोमा नम्रता र नायक अर्पण थापाको रोमाञ्चक प्रेमकथालाई उतारिएको छ ।काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी निर्माणपक्षले चलचित्रको प्रोमो र प्रदर्शन मिति सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै नायिका श्रेष्ठले आफ्नो मिहिनेतलाई दर्शकले मन पराउने विश्वास गरेकी छिन् । उनले सांकेतिक भाषा पुर्खाहरुको भएपनि गहिराइमा पुगेर यसको अध्ययन गर्न आफूलाई केही गाह्रो भएको बताइन् । सुरज भुषालको निर्देशनमा तयार भएको यो चलचित्रमा शेखर चापागाँई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ । मौन क्वार्क फिल्म र आदित्य इन्टरटेन्मेन्ट प्रालीको संयुक्त लगानीमा निर्माण भएको यो फिल्मले सिने नगरीमा नयाँ कथाको थालनी गर्ने विश्वास गरिएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment