रेखालाई छविले भने- `मलाई १६ बर्षे केटी खोज्देऊ`

02:55 Posted by npnews

१२ वर्षको वैवाहिक सम्बन्धलाई विश्राम दिएपछि अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा नयाँ जीवनसाथीको पर्खाइमा छन् । छुट्टिएपछि पनि यो जोडी रजतपटमा निकै चर्चित छ ।
पूर्व दम्पतीले छुट्टै ब्यानरबाट काली र लोफर निर्माण गर्दा फिल्म बजारमा भुइँचालो गए झैं भएको थियो । यद्पी रेखा छविको व्यवसायिक सम्बन्धमा सुधार आएको छ । रेखा फिल्मस्को कालीलाई छविले दशैंको छेको पारेर प्रदर्शन गर्दैछन् । कालीले विस्तार गरेको रेखा छविको सम्बन्ध यति नजिक भएको छ कि उनीहरु एक अर्कालाई जीवनसाथी आवश्यक परेको कुरा सेयर गर्न पछि पर्दैनन् ।
रिसाउँदा एक अर्काको फोन रिसभ नगर्ने पूर्व दम्पती बिच अहिले भने लामै संवाद चल्ने गरेको छ । फोनमा होस् या भेटमा यो जोडी हिजोआज निकै खुला देखिन्छ । छविलाई ड्याडी भन्दै रेखा घोचपेच गर्छिन् भने छवि मेरो बाबा भन्दै रेखालाई फकाउँछन् । कुरा घोचपेचमा मात्रै सिमित हुँदैन । रेखालाई नयाँ जीवनसाथी खोज्देऊ भन्न पनि पर्दैनन्, छवि । फिल्मीखबरसँगको भेटको क्रममा छविले फोनमा भने- 'रेखा मलाई १६ बर्षे केटी खोज्देऊ ।' रेखाले हाँस्दै जवाफ फर्काइन्- 'ड्याडी तपाई आफै ट्यालेन्ट हुनुहुन्छ नि !' रेखा छविको कुरा सुनेर माहोल हाँसोमय बन्यो । छविले केटी खोजि दिने बारे फिल्मीखबरको चासोमा रेखा जिस्कंदै भन्छिन्- 'म आफै जीवनसाथीको खोजीमा छु । कहाँ ड्याडीलाई केटी खोज्ने फुर्सद हुनु ?' के छबिले साँच्चिकै बुढेसकालको साहारा खोजेका हुन् त ? 'म अझै जवान नै छु, कसैले पत्याई पो हाल्छ कि,' छबिले जिस्कंदै भने । छबिले अब बिहे भने नगर्ने बताउँछन् । काली फिल्मबाट व्यावसायिक सम्बन्धमा सुधार ल्याएका रेखा छविले व्यक्तिगत सम्बन्धमा पनि सुधार ल्याए अचम्म नमान्दा हुन्छ । कारण, रेखाले छविको लागी जीन्दगीको ढोका बन्द भैनसकेको प्रतिक्रिया विभिन्न अन्र्तबार्तामा दिदै आएकी छिन् भने छवि पनि केटी खोज्देउ भन्दै रेखालाई चिढ्याउन खोजिरहेका छन् । तर, रेखा र छविका निकट मानिने भन्छन्- 'यी दुईको मिलन असम्भव जस्तै छ ।' तलको बक्स मा क्लिक गरि हेर्नुहोस भिडियोमा । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment