कस्तो दर्दनाक करतुत : यौनशक्ति बढाउन बच्चाको सूप

04:33 Posted by npnews

चीनमा एक भयानक तथा दर्दनाक घटना सार्वजनिक भएको छ । चीनका केही मानिसहरुले आफ्नो यौन क्षमता बढाउन नवजात शिशुको शवको सुप खाने गरेको समाचार सार्वजनिक भएपछि त्यसले ठूलै तरंग पैदा गरेको छ ।
दक्षिण कोरियाली पत्रिका सियोल टाइम्सले यो सम्बन्धि समाचार तथा वास्तविक तस्वीर समेत सार्वजनिक गरेको छ । चीनको ग्वांगडोङ प्रान्तस्थित एक दक्षिणी सहरमा यौन क्षमता बढाउन नवजात शिशुको झोल खाने चलन रहेको खुलासा भएको हो । यसरी तयार पारिने झोललाई बेबी हर्बल सुप भन्ने गरिएको छ ।
स्थानीय भाषामा त्यसलाई रिब सुप पनि भन्ने गरिएको छ । त्यस्तो सुप निकै महंगो मूल्यमा किनेर खाने मान्छेको संख्या बढिरहेको समाचारमा उल्लेख छ । अहिले त्यस्तो सुप त्यहाँका केही स्थानीय रेष्टुरेन्टमा समेत पाइन थालिएको छ ।
गर्भावस्थाको अन्तिम समयतिर खेर गएका तथा एबोर्सन गरिएका भ्रुणबाट यस्तो सुप तयार गर्ने गरिएको छ । बच्चाको सरीरलाई पानीमा डुबाइन्छ अनि विभिन्न खाले स्थानीय जडिबुटी समेत मिसाएर मज्जाले पकाइन्छ । त्यसपछि उक्त पानीबाट बच्चाको लास बाहिर निकालिन्छ अनि बाँकी रहेको झोल ग्राहकलाई दिने गरिन्छ ।
यस्तो झोलको एक कपको मूल्य २ हजार युआनसम्म पर्ने गरेको बताइन्छ । आफै खेर गएका शिशुको मूल्य २ हजार युआनसम्म र एबोर्सन गराएका भ्रुणको मूल्य ५।७ सय युआनसम्म पर्ने गरेको छ । बच्चामात्र नभएर बच्चाको सालनाल भएपनि यस्तो झोल बनाउन प्रयोग गर्ने गरिएको छ ।
समाचार अनुसार एक जना ६२ वर्षका मानिसले समेत यस्तो झोल बनाएर बेच्ने गरेका छन् । आफुले सधैँ बेबी सुप खाने गरेको र सोही कारण आफुले आफ्नी १९ वर्षकी श्रीमतीसँग जोडदार रुपमा नियमित सम्भोग गर्न सक्षम भएको उनको दाबी छ । एकजना पाठकले पठाएको सामाग्री तथा समाचारका आधारमा सिओल टाइम्सले यो घटनाको खुलासा गरेको भएपनि चीनको स्थानीय प्रशासन भने यो विषयमा बेखबर रहेको र त्यस्तो अमानवीय काम गर्ने प्रति कुनै कारवाही नभएको बताइएको छ । बाकी भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment