श्रीमतीको सरुवा गर्न नसकेपछि नायवुसब्बाले गरे आत्महत्या

07:42 Posted by npnews

२७ साउन, धरान । शरिरमा आएको गाँठागुँठी र श्रीमतीलाई नजिक सरुवा गर्न नसकेको सुसाईड नोट लेखेर मालपोत कार्यालय धनकुटाका एक कर्मचारीले धरानमा आत्महत्या गरेका छन् ।
धनकुटा ४ देब्रेवास घर भई मालपोत कार्यालयमा नायव सुब्बा रहेका ४३ बर्षीय रामबहादुर सुवेदीले धरान ५ स्थित अग्रसेन भवनमा आत्महत्या गरेका हुन् । उनी बसेको कोठाबाट प्रहरीले मालपोत कार्यालयको परिचयपत्र, सुसाईड नोट र एउटा झोला भेटेको छ । मालपोत कार्यालका नासु सुवेदी उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए । उनि यसअघि पनि पटक-पटक
उपचारकलागि धरान आउने गरेको आफन्तले बताएका छन् ।
उनले सुसाइड नोटमा उनले आफ्नो शरिरका विभिन्न भागमा गाँठा आएको र तीन पटक धरानमा आएर फालेको तर, अझै गाँठा आइरहेकाले चिन्तित भएको उल्लेख गरेका छन् । बाबु आमा, श्रीमती, दाजुभाई, आफन्त, छोराछोरी लगायतलाई सम्बोधन गर्दै उनले लेखेका छन-’मेरा शरीरमा अस्वभाविक रुपमा बढेका गाँठागुँठीले चिन्तित तुल्याइरहेको थियो । तीन पटक घोपा क्याम्पमा आएर ९ वटा गाँठाहरु फालें तरपनि अझै ६ वटा जति प्रत्यक्ष देखिने, महशुस गरिने गाँठाहरु शरीरमा रहेका छन् । ती पनि फाल्दा अरुपनि आउने सम्भावना रहेको शरिरमा गाँठागुठी रहिरहन दिँदा पनि राम्रो नहुँने, क्यान्सरको सम्भावना हुने, फाल्दापनि कति फालेर सक्नु मलाई असाध्यै चिन्तित तुल्याएको छ ।’
उनले सुसाइड नोटमा श्रीमतीलाई नजिक सरुवा मिलाउन नसकेको गुनासो गरेका छन् । ‘ठूलो कुरा मिसेसलाई नजिक सरुवा पार्न सकिँन । म एकपटक स्कुल जाँदा हुरुक्क नै भएको थिएँ ।’
शनिबार दिउँसो अग्रसेन भवनको चौथो तल्लाको कोठा नं.७ मा बसेका उनी बाहिर ननिस्किएपछि भवनका रेखदेख गर्ने व्यक्तिले आइतबार प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठाको ढोकामा भित्रबाट लगाइएको चुकुल भत्काएर हेर्दा सुवेदी सिलिङ पंखामा तन्नाको पासो लगाएर आत्महत्या गरेको पाईएको थियो । आफै लेटरमा यस्तो लेखि आत्म हत्या को भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment