हेरौ !!! आफ्नै अनुहारको ठाक्यै नक्कल

04:26 Posted by npnews

यी महिलाले कसरि आफ्नो अनुहारलाई अरुको अनुहार जस्तै बनाउछिन् ,भिडियो हेर्न तलको बक्समा क्लिक गरि हेर्नुहोस
हामीकहाँ कलाकारहरुले विभिन्न नेता तथा अन्य व्यक्तिको बोली तथा हाउभाउ दुरुस्तै बनाएर क्यारिकेचर गर्दै अरुलाई हँसाउने गर्छन् । बोली त ठ्याक्कै मिलाउन धेरैले सक्छन् तर जिउडाल पनि दुरुस्तै पार्न भने गाह्रो हुन्छ । तर क्यानडाकी एक जना महिला कलाकारले भने आफुलाई अल्बर्ट आइन्स्टाइ देखि लिएर माइकल ज्याक्सन तथा जोनी डेप देखि लिएर किम कार्दाशिन सम्ममा ढाल्न सक्छिन् ।आफैले कलाकारिता सिकेकी कार्ली पेज नामकी ती विलक्षण कलाकारले आफ्नो मुखाकृतीमा विभिन्न खाले मेकअपका साधनको प्रयोग गरी आफ्नो अनुारलाई अनौठो ढंगले बदलेर अरुको जस्तै पार्छिन् ।२६ वर्षकी यी कलाकारले हप्तामा एक दिन कुनै न कुनै चर्चित व्यक्तिको जस्तै अनुहार बनाउँछिन् । आफ्नो अनुहारलाई अर्कोको अनुहारमा ढाल्नका लागि आफुले मुख्यतया ३ वटा कुरा हेर्ने गरेको उनी बताउँछिन् । अनुहारको आकार, मेकअप र स्टाइल तथा अनुहारको प्रस्तुतीलाई एक टकमा हेरेपछि आफुले आफ्नो अनुहारलाई दुरुस्तै बनाउन सक्ने उनको भनाइ छ । उनले धेरै गन्यमान्य मान्छेको अनुहारको क्यारिकेचर गरेकी भएपनि अल्बर्ट आइन्सटाइनको जस्तो अनुहार बनाउन आफुलाई सबैभन्दा बढि मन पर्ने उनी बताउँछिन् ।हेर्नुस ,उनले कसरी आफ्नो अनुहारलाई अरुको अनुहार जस्तो ठाक्यै बनाउछिन  भिडियोमा हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment