हरिवंशले यसरी हँसाए (भिडियो)

06:42 Posted by npnews

१ भदौ, काठमाडों । चर्चित हास्यव्यंग्यकार हरिबंश आचार्यले शनिबार राजधानीमा आयोजित एउटा कार्यक्रममा जोक्स सुनाउनुभयो । किरण केसी (राता मकै) सँग सम्बन्धित ‘हास्य व्यंग्य हिजो, आज र भोलि’ विषयक छलफल कार्यक्रममा आचार्यले सुनाउनुभएका केही जोक्स यस्ता छन् -
जोक्स नं १
हाम्रो गाडी रोकिइराखेको थियो । हामीलाई चिसो चिज फलफूल खान पाए पनि हुन्थ्योजस्तो लागेको थियो । अनि किरणले सुन्तला खाने हो ? भनेर सोध्यो । मैले कसरी खाने भनेर सोधें ।
उता राजा वीरेन्द्रको जन्मोत्सव रहेछ । त्यहाँ राजाको फोटो राखेर धूप बालेको रहेछ । दुई चारवटा सुन्तला पनि राखेको रहेछ । अनि ऊ सुन्तला लिएर आउँछु है भनेर गयो ।
त्यहाँ पुलिस पनि बसेको थियो । त्यहाँ किरणले गएर फोटोलाई दुईतीन पटक घुम्यो, त्यसपछि फोटोलाई ढोगेर ल राजा, देश बनाऊ है देश बनाऊ, सप्पै तिम्रो हातमा छ भनेर टीका पनि लगायो, फूल पनि लगायो र सुन्तला लिएर पुलिसलाई ‘प्रसाद खान लगें है’ भनेर लिएर आयो ।
जोक्स नं २
एकचोटि म मोटरसाइकलमा पछाडि बसेर गइराखेको थिएँ । बाटामा एकदमै राम्री केटी रहिछे । म त्यो केटीसँग बोल्छु है भनें । उसले हैन, नगर् छाड्देऊ भन्यो । हैन, बोल्छु भनेपछि मोटरसाइकल घुइँय घुमाएर केटीका अगाडि रोक्यो ।
बैनी एक्स्क्युज मी, तपाईसँग एउटा कुरा सोध्नु थियो, पिंकीको मेकअप पसल कहाँनेर छ होला ?
त्यो केटीले मलाई थाहा छैन भनी ।
ए थाहा छैन ? तपाई नेचुरल ब्युटी हुनुहुन्छ, त्यसैले मेकअप गर्नुहुन्न होला, अनि थाहा नभएको हुनुपर्छ । बैनीको शुभ नाम ? मैले सोधें ।
थाहा छैन भनेर केटी गई । बोल्न त बोलियो नि !
जोक्स नं ३
मदन दाइ पहिले मासु खानुहुन्थ्यो । अहिले खानुहुन्न । एकचोटि किरण दाइले के भन्नुभएको थियो भने मदन दाइलाई माटाको भाँडामा खसीको मासु राखेर ढोग्छु, यस्तो मीठो हुन्छ !
एकदिन राजारामकोमा उहाँले माटाको भाँडामा मासु खुवाउने भनेर एउटा हाँडी किन्नुभयो । त्यसपछि चार/पाँच किलोजति मासु ल्याउनुभो । त्यसपछि प्याज काटियो । नजिकै अँगेना थियो ।
यस्तो नमिठो मासु ! किरणले कस्तो लाग्यो ? भनेर सोध्यो । मीठो छैन भनौं भने बेइज्यत गरेजस्तो हुने । मैले भनें एकदम मीठो छ । त्यसपछि मदन दाइको पालो आयो । दाइले ‘अँ ठिकै’ भन्नुभयो । त्यसपछि राजारामको पालो आयो । पछि कुरा बुझ्दा त नयाँ हाँडी किन्न जान टाढा पर्ने भएकाले २२ वर्ष अघिदेखि दही जमाउने गरेको हाँडीमा पो मासु पकाएको रहेछ !
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment