बिग बोसमा मनिषा कोइराला, पुनम पाण्डे र बाबा रामदेव पनि....

04:08 Posted by npnews

सलमान खानले संचालन गर्ने चर्चित रियालिटी टेलिभिजन शो को सातौँ संस्करणमा नेपाली बलिउड नायिका मनिषा कोइरालाले भाग लिने समाचार सार्वजनिक भएको छ ।
विभिन्न भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस सेभेनमा सहभागी हुने प्रतिस्पर्धीमा मनिषा त छन् नै अरु केही चर्चित पात्रहरु पनि छन् । भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस ७ मा मनिषा कोइराला मात्र हुनेछैनिन् बाबा रामदेव तथा पुनम पाण्डे समेत हुनेछन् ।
बिग बोसको सातौँ संस्करणमा क्रिकेटर युवराज सिंह, हरभजन सिंह समेतले प्रतिस्पर्धा गर्ने बताइएको छ । साथै सुरज पञ्चोली, धर्मेन्द्र, पुजा मलिक, अमिषा पटेल लगायत पनि बिग बोसको घरमा छिर्ने समाचार सार्वजनिक भएको छ । तथापि हरभजन सिंहले भने टि्वटर मार्फत आफु बिग बोसमा सहभागी हुन लागेको समाचार सत्य नभएको बताएका छन् । बिगबोसमा उल्लेखित नामहरु सहभागी हुने पक्का भएको विभिन्न भारतीय संचार माध्यमहरुले जनाएका भएपनि बिग बोसको आधिकारिक वेबसाइटमा भने यसबारेमा केहीपनि उल्लेख गरिएको छैन । तरपनि बिग बोसको प्रोमो भने सार्वजनिक भैसकेको छ । यसै सम्बन्धि रोचक भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस !!!! 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment