मलेसिया पुगेर वेटर बने ‘ काम गरेको रेष्टुरेन्ट पुग्दा यसरि झर्‍यो तक्मे बुढा’,को आँशु

06:01 Posted by npnews

सन् २००९ मा कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ सिने नगरीमा संघर्ष गर्दा गर्दै दिक्क भएर मलेसिया हानिएका थिए । मलेसियामा पुगेर उनले एक रेष्टुरेन्टमा वेटरको काम गरेका थिए । तर उक्त
रेष्टुरेन्टमा काम गर्ने प्रेम दाज्यूको प्रेरणाले उनी नेपाल फर्किए र आज चर्चित कलाकार बनेका छन् ।तर उनै विल्सन ४ बर्ष पछि आफूले काम गरेको डाओराई कोरियन रेष्टुरेन्टमा पुगे । ४ बर्ष पछि उनी त्यहाँ पुग्दा उनको परिचय फेरिएको थियो । उनी चर्चित कलाकार ‘तक्मे बुढा’को नामले परिचित थिए । आफूले काम गरेको रेष्टुरेन्टमा पुगेका उनलाई त्यहाँका नेपालीहरुले हृदय देखि नै स्वागत गरे । आफूसँग काम गर्ने प्राय सबै साथीहरुले काम छोडिसकेका थिए । मलेसियामा आयोजना भएको एभरेष्ट कन्र्सटमा भाग लिने क्रममा त्यहाँ पुगेका ‘तक्मे बुढा’ आफूले काम गरेको रेष्टुरेन्टमा गएका हुन् ।
आफ्नो पुरानो दिन सम्झैदै जाँदा विल्सनको आखाबाट आँशु झर्‍यो । उनले ४ बर्ष अघि कोरियन रेष्टुरेन्टमा काम गर्दा आफूलाई धेरै गाह्रो भएको बताउँदै प्रेरणा दिने सबैलाई धन्यबाद दिएका थिए ।उनले आफूसँगै गएका अन्य कलाकारहरुलाई वेटर बनेर खानेकुरा वितरण पनि गरे । ‘म ४ बर्ष अघि यही पेशा गर्थे, आज फेरी त्यही दिनको यादा आयो’, रेष्टुरेन्टका कर्मचारीले लगाउने पहिरन लगाउँदै तक्मे बुढाले अनलाइनखबरलाई भने । कोरियन भाषा नजानेर पनि धेरै पटक गाह्रो भएको उनको तर्क थियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment