झ्यालबाट हाम फालेका श्रीमानलाई श्रीमतीले उनकै कट्टुबाट कसरी बचाइन भिडियो

04:29 Posted by npnews

कहिलेकाहीँ कट्टुको कारण पनि मानिसको ज्यान बँच्दो रहेछ । आत्महत्या गर्न भनेर झ्यालबाट हाम फालेका एक जना पुरुषलाई उनको कट्टुले नै मर्नबाट रोकेको छ ।
घटना चीनको हो । चीनको जिलिन प्रान्तस्थित चांगचुनमा रहेको एक ६ तले घरको छैटौँ तल्लाको झ्यालबाट हाम फालेका एक बेरोजगार पुरुषलाई उनकी श्रीमतीले कट्टुमा जोडसँग तानेर तल खस्नबाट जोगाइन् र लोग्नेको आत्महत्या गर्ने चाहना पूरा गर्न दिइनन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार अरु लुगा फुकालेर केवल कट्टुमात्र लगाएको लोग्ने एक्कासी झ्यालबाट हाम फालेपछि ती महिला अत्तालिइन् । लोग्नेको ज्यान झ्यालबाट बाहिर गइसकेको थियो, उनले तत्कालै उसले लगाएको कट्टुमा पक्रिइन् । त्यसपछि उनले कट्टुसँगै उसको खुट्टामा पनि जोडले समातेर अठ्याइरहिन् र रुँदै कराउँदै छिमेकीसँग गुहार मागिन् ।
आसपासका मानिसले देखे, तर अपार्टमेन्टको ढोका थुनिएकाले कोहीपनि भित्र छिरेर ती महिलालाई सहायता दिने र हाम फालेर अडि्करहेका ती पुरुषलाई माथि तान्न सम्भव भएन । सरकारी अग्नी नियन्त्रक पनि त्यहाँ आइपुगे र अन्ततः झ्याल फोडेर उनको कोठाभि छिरेर ती पुरुषलाई सुरक्षित साथ माथि तानियो ।
झ्यालबाट हाम फालेर पनि कट्टु र श्रीमतीले बचाएका ती पुरुषको नाम वांग ली रहेको र उनी ४५ वर्षा भएको बताइएको छ । समाचार अनुसार जागिर नपाएका कारण उनी ड्रि्रेसनको सिकार भएको र आत्महत्याको प्रयास भएको बुझिएको छ । झ्यालबाट हाम फालेका श्रीमानलाई श्रीमतीले कट्टुबाट कसरी बचाइन भिडियो हेर्नुहोस !!!

                                            पुरा भिडियो हेर्नुहोस !!!

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment