नायक यशराजले अञ्जना मिश्रसंग बिहे

05:18 Posted by npnews

नायक यशराजले अञ्जना मिश्रसंग पञ्चे बाजा घन्काउँदै गरे बिहे.....
नेपाली सिनेमा नगरीमा उदाउँदै गरेका नायक यशराज गरच बैबाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार अर्थात असार ३० गते प्रेमिका अञ्जना मिश्रलाई दुलहीको रुपमा घर भित्राएका हुन् । आफ्नो अस्थायी घर सुकेधाराबाट ५० जना जन्ती लिएर यशराज अञ्जनालाई लिन पुरानो बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा पुगेका थिए ।पञ्चे बाजा घन्काउँदै यशराजले अञ्जनाको सिउँदो रंगाएका हुन् । आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न पाउँदा यशराज निक्कै खुशी देखिएका थिए । उनले बिहे भोज साउन २ गते काठमाण्डौकै एक पार्टी प्यालेसमा दिने तयारी गरेका छन् । उक्त पार्टीमा नेपाली सिनेमाका चर्चित कलाकार सहित ३ सय जना चलचित्रकर्मीको सहभागीता रहने बताइएको छ चलचित्र ‘स्वर’ मार्फत नेपाली रजतपटमा भित्रिएका यशराजले ‘मायाको बारी’ मार्फत चर्चा पाएका थिए ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment