खरी झरिन्जेल छमछमि नाचे तिन हिरोइन,

05:39 Posted by npnews

लामो समयसम्म ननाचेकाले गर्दा होला नायिका नन्दिता केसीले धेरै नै पटक टेक खाइन् । निर्देशक समन अधिकारीलाई पनि नायिकाहरुलाई नचाउन गाह्रो परेको देखिन्थ्यो । तीज पर्व नजिक आउन लागेपछि यतिबेला काठमाण्डौमा म्यूजिक भिडियो छायांकन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । यही भिडमा निर्देशक समन अधिकारी पनि पर्दछन् । नायिकात्रय नन्दिता केसी, बेनिशा हमाल, रीमा विश्वकर्माका साथमा निरु खड्कालाई लिएर समनले तीजको गीतको भिडियो तयार पारिरहेका थिए ।अर्जुन पोख्रेलको संगीतमा गीतकार लोकराज अधिकारीले लेखेको गीतमा देवी घर्ती, सुधा रत्न र सिता केसीको आवाज समावेश छ । गीतकार अधिकारी चलचित्र, आधुनिक गीतको लेखन पश्चात आफूले लोक विधामा हात हालेको बताउँदै थिए ।नायिका बेनिशा हमाल र नन्दिता केसीलाई नाच्न केही गाह्रो भयो । नायिका रीमा विश्वकर्मा मोडलिङसँगै कोरियोग्राफी पनि गरिरहेकी थिइन् । रीमाले गीतको ताल र स्टेप चाडै नै टिपिन् र अन्य २ नायिकालाई सिकाउन थालिन् । बारम्बार टेक खाएपछि नन्दिता र बेनिशा खुशी देखिएनन् । बारम्बार पसिना पुछेर मेकअप मिलाउँदै उनीहरु पुन नाच्न कम्मर कसिएका थिए ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment