भुटानमा बिपक्षीको सानदार जीत, ७ जना नेपालीभाषी सांसद

04:43 Posted by npnews

३० असार, थिम्पु । भुटानमा हालै सम्पन्न दोस्रो संसदीय निर्वाचनमा त्यहाँको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले सानदार जीत हाँसिल गरेको छ । कुल ४६ सिटमध्ये पहिलो संसदीय निर्वाचनमा जम्मा २ सिट जितेको यो पार्टीले दोस्रो चुनावमा ३२ सिट जितेको छ । सन् २००७ को पहिलो निर्वाचनमा ४५ सिट जितेको बर्तमान सत्ताधारी डीपीटी पार्टी १५ सिटमा झरेको छ ।

शनिवार राती अबेर आएको नतिजाअनुसार छिरिङ तोब्गे नेतृत्वको यो दलले स्पष्ट बहुमत हाँसिल गरेको छ । तोब्गे भुटानको नयाँ प्रधानमन्त्री हुने बताइएको छ । बहुमतसँगै पीडीपीले नयाँ सरकार बनाउने निश्चीत भएको छ । चार लाख २९ हजार मतदाता रहेको भुटानमा ८० प्रतिशत भोट खसेको थियो ।

दोस्रो चरणको निर्वाचन हुनुभन्दा ११ दिनअघि भारतले इन्धनमा दिंदै आएको सहुलियत बन्द गरेपछि त्यसले चुनावमा पनि असर पारेको थियो । भारतसँगको सम्बन्धनै मुख्य चुनावी एजेण्डा बनेको भारतीय समाचारमाध्यमहरुले जनाएका छन् । भारतको सो कदमपछि भुटानी मतदाता बर्तमान सरकारप्रति रुष्ट भएको बताइएको छ । भुटानमा दुई दलीय ब्यबस्था रहेको छ ।

यसैवीच हालै सम्पन्न चुनावबाट ७ जना नेपालीभाषी सांसद निर्वाचित भएका छन् । ती सवै हाल बहुमत ल्याउने पार्टी पीडीपीसम्बद्ध रहेका छन् । ऋतुराज क्षेत्री,एमके क्षेत्री, डीएन ढुंगेल, टेकबहादुर सुब्बा, नविन दर्लामी, योगेश तामाङ र गोपाल गुरुङ रहेका छन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment