दार्चुलाका बाढिपीडितलाई हिमानी कोषद्वारा राहत वितरण

05:46 Posted by npnews

सुदुरपश्चिममा राहात वितरण गर्न आउँदा विरोध गरेको भनेर उल्टै स्थानीय बासिन्दा विरोध गर्ने नेताप्रति आक्रोशित....
दार्चुलाका बाढिपीडितलाई हिमानी कोषकी अध्यक्ष हिमानी शाहले आज राहत वितरण गरेकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा कोषकी अध्यक्ष हिमानीले आज दिउँसो पीडितलाई राहत वितरण गरेकी हुन् ।
 
आगामी निर्वाचनका लागि आचारसंहिता लागु भैसकेकाले चुनावलाई प्रभावित गर्ने गरी राहत वितरण नगर्न तथा गर्नपरे सरकारी संयन्त्रमार्फत मात्र गर्न निर्वाचन आयोगले भनेपनि हिमानी कोषले आजबाट राहत बाँड्न सुरु गरेको हो ।
 
हिजो पत्रकार सम्मेलन गरी राहत वितरणमा पूर्व राजा ज्ञानेन्द्रको संलग्नता नरहने कोषले प्रष्ट्याए पनि आज उनको उपस्थितिमा राहत वितरण गरिएको हो । राहत वितरण पछि पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह लगायतका सबैजना धनगढी फर्किसकेको बताइएको छ ।
 
हिमानी कोषले साउन ११ टिकापुर र साउन १३ गते कंचनपुरमा वाढीपिडितलाई राहात वितरण गर्ने कार्यक्रम राखेको छ । सुदुरपश्चिम क्षेत्रका बासिन्दाले हिमानी कोषले करिव ४० लाख बराबरको राहत वितरणको कामलाई सकरात्मक रुपमा लिएको बताइएको छ ।
 
एमाओवादीका नेता बावुराम भट्टराईले राहत वितरण गर्ने पूर्व राजालाई जेल हाल्नु पर्ने उत्तेजक अभिब्यक्ति दिए पनि दार्चुलामा राहत वितरण गर्ने काममा उनका कार्यकर्ता चुपचाप लागेको देखिएको छ।
 
सुदुरपश्चिममा राहात वितरण गर्न आउँदा विरोध गरेको भनेर उल्टै स्थानीय बासिन्दा विरोध गर्ने नेताप्रति आक्रोशित छन्।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment