मान्छेले मात्र हैन डल्फिनले पनि नामले बोलाउँछन्

23:31 Posted by npnews

मान्छेपछिको सबैभन्दा बुद्धिमान जिव मानिने डल्फिनले पनि एक अर्कालाई नामले बोलाउने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्कटल्याण्डका शोधकर्ताहरुका अनुसार डल्फिनले अर्को डल्पिmनलाई बोलाउन विशेष प्रकारको सुसेली हाल्छ । जब आफुले अर्को  डल्फिनलाइ बोलाउनका लागि हालेको सुसेलीको प्रतिउत्तर अर्को डल्फिनले त्यस्तै सुसेलीबाट दिन्छ तबमात्र ती दुइबीच सम्पर्क स्थापित भएको ठानिन्छ ।

डल्पिmनले अर्को  डल्फिनसँग संचार सम्पर्क स्थापित गर्न फरक फरक ढंगको सुसेली हाल्ने गर्छ । यसको अर्थ कुनै एक डल्फिनको लागि एक प्रकारको सुसेलीले बोलाइन्छ र अर्कोका लागि अर्कै सुसेली । मान्छेलाई नामले बोलाएजस्तै  डल्फिनले अर्को  डल्फिनलाई आफ्नो सुसेलीको प्रकारका माध्यमबाट निश्चित नाम दिन्छ । अर्थात् सुसेलीको विशेष प्रकार नै   डल्फिनबीचको एक अर्कालाई बोलाउने वा सम्पर्क स्थापित गर्ने नामको रुपमा रहेको हुन्छ ।

यसका लागि वैज्ञानिकहरुले केही  डल्फिनका विभिन्न आवाजहरु रेकर्ड गरे । अनि विशेष यन्त्रको सहायताले डल्पिmनहरु बस्ने गरेको जलक्षेत्रको पानी मुनि लगेर ती आवाज प्ले गरे । त्यसक्रममा के पाइयो भने त्यसरी बजाइएका आवाजहरुमा हरेक एक आवाज कुनै एक डल्पिmनको पहिचान सुसेली अर्थात् नामको रुपमा रहेको आवाज रहेछ ।  डल्फिनले जब आफ्नो पहिचान सुसेली बजेको सुन्थ्यो तब त्यस्तै आवाज निकालेर प्रतिक्रिया दिन्थ्यो ।

तर अरु आवाज बजाउँदा प्रतिक्रिया दिँदैनथ्यो । अन्य आवाज बजाउँदा पनि अरु डल्फिनले दिने प्रतिक्रिया त्यस्तै थियो । यसको अर्थ हरेक डल्फिनको छुट्टै सुसेली नाम हुँदो रहेछ र अर्को दल्फिन्ले त्यसरी सुसेल्दा उसले आफुलाई बोलाएको भनेर जान्दो रहेछ र प्रतिक्रिया जनाउँदो रहेछ ।दल्फिन्ले यसरी आवाज निकाल्दो रहेछ भिडियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment