कोरियामा रहेका नेपालीहरूले यसरि बनभोज कार्यक्रम

10:45 Posted by npnews

सउल । कोरियामा रहेका नेपालीहरूले बनभोज कार्यक्रमको आयोजना गरी रमाइलो गरेका छन् । कोरियामा प्रत्येक वर्ष गर्मी बिदामा मनाउँदै आएको उक्त कार्यक्रम फेन्थेक विदेशी सहयोग केन्द्रले आयोजना गरेको हो । उक्त बनभोज कार्यक्रम कोरियाको मप्पोस्थित समुन्द्र किनारमा आइतबार सम्पन्न भएको हो । कोरियामा विभिन्न पेसामा संलग्न करिब दुई सय नेपालीहरूको उपस्थिति रहेको सो कार्यक्रममा नेपालीहरूले भरपुर आन्नद लिएका थिए । कोरियामा यसरी नेपालीहरूलाई एकै ठाउँमा समेट्न सफल भएको फेन्थेक विदेशी सहयोग केन्द्रले आवश्क सबैकुराको प्रबन्ध गरेको थियो ।

नेपाली खानामा रमाएका नेपालीहरूले आफ्नै शैलीमा विभिन्न साङ्गीतिक कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखराकी रीता गुरुङ र विनोद सुबेदीको स्वरले सबैलाई नचाएको थियो । यस्तै उपस्थित स्थानीय नेपाली हाँस्य कलाकारहरूले कार्यक्रमलाई थप ऊर्जा दिएका थिए ।

कार्यक्रमको उदेश्यबारे प्रस्टपार्दै फेन्थेक विदेशी सहयोग केन्द्रका अधक्ष्य यादव खनालले कोरियामा रहेका अन्य बिदेशीहरुको भन्दा नेपालीहरूले ऐतिहासिक कार्यक्रम गर्न सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । ‘हामी जहाँ भए पनि एकताकासाथ बस्ने सन्देश यो कार्यक्रमले दिने छ’ खनालको भनाई थियो । यसैगरी सोही संस्थाका उपाध्क्षय र सचिव क्रमश सुमन (सुर्वण) चैालागाई र बाबुराम पाठकले यस किसिमका कार्यक्रमले प्रवासमा नेपाली पनको याद दिलाउने धारणा राखेकाथिए । कार्यक्रममा संस्थाका सदस्य बिमल खड्काले उपस्थित सबैलाई स्वागत मनतब्य व्यक्त गरेका थिए ।

यसैगरी उक्त कार्य क्रममा बोल्दै पत्रकार तथा झापा मिलन समाजका उपाध्क्षय सन्तोष श्रेष्ठले विदेशमा यति धेरै नेपाली जुटाई कार्यक्रम गर्ने सफल भएकोमा विदेशी सहयोग केन्द्रलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संन्चालन गर्दै कोरिया सन्देश क्लबा अध्क्षय तथा पत्रकार मीन प्रकाश उप्रेतीले नेपालमा नेताहरू आपसी झगडा र खिच्चातानिमा रहे पनि विदेशमा सबै नेपालीहरू मिलेर बसेका छन् नेपालीहरुले बनभोज कार्यक्रम रमाइलोको साथ यसरि मनाए भिडियो हेर्नुहोस !
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment