कस्तो प्रतिभा देखाए मिस ग्लोबल सुन्दरीले ?

10:54 Posted by npnews

मोडल भिसाज कन्सल्टेन्सी’को आयोजनामा हुन लागेको ‘मिस ग्लोबल इन्टरनेशनल’का प्रतियोगिहरुले आफ्नो प्रतिभा देखाएका छन् । यो प्रतिस्पर्धाको अन्तिम चरणका लागि २८ जना युवतीहरु सहभागी छन् । प्रतिभा प्रदर्शन गर्ने अधिकांशले नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने प्रतियोगिहरुमा टिका श्रेष्ठ, आस्था मानन्धर, आशिका खड्का, कृतिका उपाध्याय, पेम्बा शेर्पा, आस्ना अवस्थी, सुलोजा खड्का, सुगम बस्नेत,पुनम कुँवर, संयुक्ता भट्टराई, मेघा बजाज, उरिशा जोशी, मोनिका खड्का, रन्जु चापागाँई, अनु श्रेष्ठ, प्रतिभा पुन, मनसुन कुँवर, सरिता महर्जन, सिलुना थापा, ऋतु गिरी र ज्योती खड्का छन् ।

यस्तै कार्यक्रममा रोजिना रिसालले गीतार बजाएकी थिइन् । अञ्जु बरालले जाँदु देखाएको कार्यक्रममा निर्जला पराजुली र आशा सेन्चुरीले गीत गाएका थिए । सबि्रना खड्काले भने भाषण कला प्रस्तुत गरेर निणर्ायकको मन जित्ने कोशिश गरिन् ।प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरुको मुल्यांकन गर्न नायिका प्रियंका कार्की, कोरियोग्राफर रिनशा राई र रियाज श्रेष्ठ थिए । यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउन १२ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुँदैछ । भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment