प्रहरीले कुटेको झोकमा बेइजिङ विमानस्थलमा बम विस्फोट.....

07:35 Posted by npnews

६ साउन, एजेन्सी । चीनको बेइजिङ विमानस्थलमा शनिबार बम विस्फोट गरिएको छ । शनिबार बेइजिङ अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल-३ को आगमनद्वारमा गरिएको उक्त बम विस्फोटका कारण पुरै टर्मिनलनै धुँवाले ढाकिएको थियो । उक्त बम विस्फोट प्रहरीद्धारा दुर्व्यव्यवहार भोगेका एक व्यक्तिले गराएको चीनीयाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । हि्वलचेयरमा आएका उत्तरपूर्वी चीनको मध्य सानडोङ प्रान्तका ३४ वर्षे जी झोङझिङले घरमा आफैले बनाएको बम विमानस्थलमा विस्फोट गराएको बताइएको छ । उनलाई सन् २००५ मा दक्षिणी चीनमा प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको उक्त कुटपिटबाट उनको कम्मरमुनिको भाग चल्न छाडेको थियो । कम्मरमुनीको भाग चल्न छाडेका उनले सोही घटनाको बदला लिन विमास्थलमा विस्फोट गराएको बताइएको छ । त्यसबेला प्रहरीले उनीमाथि लाइसेन्सबिना ट्याक्सी चलाएको आरोप लगाउँदै कुटपिट गरेको थियो । आफूले प्रहरीको दुर्व्यवहारबारे दिएको उजुरीको समेत सरोकारवाला निकायले उपेक्षा गरेको र आफूले न्याय नपाएपछि बदला लिन यस्तो गरेको प्रतिक्रिया दिएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उनले विस्फोट गराउनुअघि आफूले पाएको पीडाका बारेमा पर्चा बाडेका थिए ।
विस्फोटपछि घाइते भएका जीलाई अस्पताल लगिएको छ । अधिकारीहरूले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएको हुनाले उडानहरू भने प्रभावित हुन पाएन  बम विस्फोट गराउनुअघि  आफूले पाएको पीडाका बारेमा यसरी भन्दै छन् भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment