जुवाखालबाट लोकगायिका रंगे हात पक्राउ, मेनपावरमै मिनी क्यासिनो

19:11 Posted by npnews

लोकगायिका सिर्जना विरही थापा दोस्रोपटक जुवाखालबाट यसरी पक्राउ परेकी छिन्,भिडियो
काठमाडौं, ३१ असार । लोकगायिका सिर्जना विरही थापा दोस्रोपटक जुवाखालबाट पक्राउ परेकी छिन् । क्यासिनोकै शैलीमा सामाखुशीमा सञ्चालित एक जुवाखालबाट गायिका थापासहित सात जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार साँझ सामाखुशीको भण्डारीटोलस्थित मल्टी पर्पोज मेनपावरको माथिल्लो तलामा सञ्चालित जुवाखालमा छापा हानी क्वाइनसहित उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं, प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरका अनुसार सो मेनपावरको माथिल्लो तलालार्य क्यासिनोजस्ते बर्नार जुवा खेलाइने गरिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

क्यासिनोमा प्रयोग हुने क्वाइनदेखि बारसम्म त्यहाँ उपलब्ध रहेको एसएसपी घिमिरेले जानकारी दिए । उनका अनुसार क्यासिनोमा जस्तै मदिरा तथा खानाको व्यवस्था पनि भित्रै थियो र मेनपावरका सञ्चालक स्याङ्जा घर भएका ताङबहादुर गुरुङले सो जुवाघर सञ्चालन गर्दै आइको हो । लोकगायिका सिर्जना विरही थापा दोस्रोपटक जुवाखालबाट यसरी  पक्राउ परेकी छिन्,भिडियो हेर्न बक्समा क्लिक गर्नु होला ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment