चितवन बन्दमा तोडफोड, प्रहरीसँग झडप, दुई दर्जन पक्राउ (अपडेट)

03:35 Posted by npnews

चितवन, श्रावण २४ । कार्यकर्ता रिहाईको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आज चितवन बन्दको आह्वान गरेको छ । बन्दको कारण शैक्षिक संस्था, बजार र यातायात ठप्प छन् । भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरुण दल भरतपुरनगर समितिका उपाध्यक्ष प्रमिश राई र कार्यकर्ता यमबहादुर कार्कीलाई विनाशर्त रिहाई गर्नुपर्ने माग राख्दै तरुण दलले बन्दको आह्वान गरेको हो । 
उता, जर्बजस्ती बजार बन्द गराउंदै हिडेका ९ जनालाई नारायणगढको पुल्चोकबाट र १२ जनालाई रत्ननगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 
उता, नरायणगढको शहीदचोकमा बन्द कर्ताले ना४ख ४२७२ नम्बरको एउटा मालबहाक ट्रक समेत तोडफोड गरेका छन् । तोडफोडको क्रममा प्रहरी र बन्दाकर्ताबीच दोहरो झगडा समेत भएको छ । 
पक्राउ परेकालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाई म्याद थपेको छ । 
विभिन्न दलका भ्रातृ संगठनको पटक–पटकको बन्दले पछिल्लो समय चितवनको जनजीवन प्रभावित हुंदै आएको छ । बक्स मा क्लिक गरि भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment