अपहरणकारी बाट बालक भाग्न सफल, बालिकाको अवस्था अज्ञात

05:51 Posted by npnews

दोलखा, श्रावण १७ । दोलखाको सदरमुकाम चरिकोटबाट आज अज्ञात समूहले एक बालिकालाई अपहरण गरेको छ भने एक बालक अपहरणकारीको फन्दाबाट भाग्न सफल भएका छन् । स्थानीय त्रिपुरा ग्लोरियस एकेडेमीमा कक्षा ३ मा अध्ययनरत भीमेश्वर नगरपालिका वडा नम्बर १ तार्थलीका १० वर्षीय विवेक राउत गुडिरहेको ट्याक्सीको ढोकाबाट भाग्न सफल भएका हुन् । 

विहान सवा ९ बजे टिफिनको लागि सामान खरिद गरेर विद्यालय जाने क्रममा आफू अपहरणमा परेको बालक विवेकले जानकारी दिए । 

भाग्न सफल बालक राउतको बयानको आधारमा अर्की बालिका अपहरणमा परेको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

अपहरणमा परेकी बालिकाको अबस्थाबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ । बाकी भिडियोमा हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment