मनिषालाई रुङ्दा रुङ्दै ‘डाक्टर’ बने प्रकाश

08:52 Posted by npnews

१७ साउन, काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई क्यान्सरको उपचार गराउने क्रममा उहाँका बुबा, आमा र भाइसमेत अमेरिकाको न्युयोर्कमा लामो समय बस्नुभयो । छोरीको उपचारका लागि अमेरिकाको आठ महिने बसाइका क्रममा उहाँका पिता एवं वीपीपुत्र प्रकाश कोइरालाले भने आफ्नो सम्पूर्ण ध्यान स्वास्थ्यसम्बन्धी अध्ययनमा लगाउनुभयो ।
Prakash-koirala
‘म आफूलाई पढे लेखेको शिक्षित मान्छे ठान्थें । तर, सुन्ना रहेंछु’ अमेरिकाबाट मनिषालाई मुम्बई ल्याइपुर्‍याएर काठमाडौं र्फकनुभएका प्रकाशले अनलाइनखबरसँग भन्नुभयो, ‘मलाई त अमेरिका गएर पो थाहा भयो, हेल्थको विषयमा म शून्य रहेंछु । मैले एसएससी नेपालबाटै पास गरेको हो । तर, मलाई केही पनि थाहै रहेनछ ।’
छोरीको उपचारबाट फर्केपछि वीपीपुत्र प्रकाश पनि एक किसिमले डाक्टरजस्तै बन्नुभएको छ । त्यहाँ रहँदा आफूले स्वास्थ्यसम्बन्धी पुस्तकहरु पढेको र अब नेपालमा आफू केही (मन्त्री) भएको खण्डमा माध्यमिक तहसम्म स्वास्थ्य विषयको पाठ्यक्रम अनिवार्य गराउने उहाँले बताउनुभयो ।
मनिषा पिताको स्वास्थ्यसम्बन्धी आठ महिने अनुभव यस्तो छ :
- मनिषा अहिले क्यान्सरबाट पूरै मुक्त भइन् । तर, डाक्टरहरुले तीन/तीन महिनामा दुई वर्षसम्म ‘फलोअप’ गराइरहनुपर्छ भनेका छन् । तर, सुखद समाचार के छ भने यो पहिलो तीन महिनामा उनको रिपोर्टमा क्यान्सर सेल केही पनि छैन । डाक्टरहरुले यसलाई ‘सी-६’ भनेका छन् । यो भनेको क्यान्सर नभएसरह हो । मनिषा मुम्बईमा छिन् । उनी दशैंमा नेपाल आउँछिन् ।
 मनिषालाई क्यान्सर भएपछि म न्युयोर्कमा आठ महिना बसें । त्यहाँ मैले प्रचुर मात्रामा पढ्ने मौका पाएँ । त्यहाँ मैले हेल्थकै सम्बन्धमा पढें । त्यसबेला मलाई के लाग्यो भने भोलि म नेपालमा केही भएँ भने सबैभन्दा पहिले एसएलसी लेबलसम्म हेल्थ सम्बन्धी कोर्सलाई अनिवार्य बनाइदिन्छु । मलाई त अमेरिका गएर पो थाहा भयो, हेल्थको विषयमा त म शून्य रहेंछु । मैले पनि एसएससी नेपालबाटै पास गरेको हो । तर, मलाई त केही पनि थाहै रहेन छ । म आफूलाई पढेलेखेको शिक्षित मान्छे ठान्थें । तर, सुन्ना रहेंछु । त्यसैले नेपालको माध्यमिक तहको पाठ्यक्रममा हेल्थलाई अनिवार्य पार्नैपर्ने हरेछ । मैले यो कुरो धेरै मानिसहरुलाई सेयर गरें । यो मेरो आठ महिने अनुभव हो ।
-क्यान्सरबाट मुक्ति पाउनलाई म यहाँका सबै डाक्टरलाई भन्छु, तपाईहरु अमेरिकाका असाध्यै राम्रा डाक्टर एन्ड्रयु वीलले १५ वर्ष अगाडि लेखेको पुस्तक पढ्नोस् । उनका किताब पढ्दाखेरि त मलाई लाग्यो उनी क्रान्तिकारी डाक्टर रहेछन् । उनी भोलिका डाक्टर हुन् । उनी ३० वर्षपछिका डाक्टर हुन् । हामीले जुन मेडिसिन लिइराखेका छौं, यसमा उनले प्रश्नचिन्ह लगाएका छन् । जबकि उनी यही मेडिसिनबाट हुर्केका प्रशिद्ध डाक्टर हुन् । अबको मेडिकल दुनियाँ अबको १० वर्षपछि उनैको पछि लाग्छ, म यो ठोकुवा गरेर भन्न सक्छु ।
-मनिषाको फुड ह्याबिटका कारण अब म दाबीका साथ भन्छु, उनलाई अब क्यान्सर हुँदैन । मैले के बुझें भने मान्छेले दिनमा १० किलोमिटर हिँड्नुपर्छ । मान्छे दुई पांग्रे हो । जति तपाईले खुट्टाको प्रयोग गर्न सक्नुभयो, उति तपाईको स्वास्थ्य राम्रो हुन्छ । तपाईले सादा खाना खानुभयो भने तपाईको आयु ७० वर्षबाट ८० वर्ष पुग्छ ।
नेपालमा जुन प्रोफेसनल डाक्टरहरु छन्, उनीहरु राम्रा छन् । डा. उपेन्द्र देवकोटाको अस्पताल अन्तरराष्ट्रिय स्तरको छ । डा. भगवान कोइराला नै छन् । तर, यस्ता डाक्टरहरुलाई प्रोत्साहन गर्नुपर्छ । मैले मनिषाको क्यान्सर रोग पत्ता लगाउने डा. मधु घिमिरेलाई भनेको थिएँ, तिमी त नेशनल डाक्टर हौ भाइ । नेशनल डाक्टरको काम गर्न सक्छु भन्ने आँट तिमीमा किन आउँदैन भन्दा उनले म सक्छु प्रकाश दाइ भनेका छन् । म उनीप्रति आभारी छु । यस्ता डाक्टरहरुलाई राज्यले प्रोत्साहन दिनुपर्छ । तर, दिन सकेको छैन । यहाँ डाक्टरहरु धेरै प्रोफेसनल एवं सक्षम डाक्टरहरु छन् । रोग पत्ता लगाउन उनीहरु अचूक छन् । तर, यहाँ त यस्तो माहौल बनाइएको छ कि तँ कांग्रेसी डाक्टर होस्, तँ कम्युनिष्ट डाक्टर होस् । यसरी त हुँदैन नि । पञ्चायतकालसम्म नेपालको एयरपोर्टमा राम्रो रेष्टुरेन्ट थियो, तर बहुदल आएपछि त्यहाँ कांग्रेसका कार्यकर्ता छिरेर पैसा नतिरी ब्ल्याक लेबल र ब्लु लेबल खाइदिन थालेपछि त्यो रेष्टुरेन्ट भाग्यो ।
-म अमेरिकामा बस्दा म सधैं नेपाली टोपी लगाउँथे । म छोरीको उपचारको निम्ति गएको सामान्य मान्छे मात्रै थिएँ त्यहाँ । मनिषा सेलिबे्रटी हो, म सेलिब्रेटीको बाबु हुँ । म नेपाली भएकाले मैले कुनै गलत काम गरें भने मैले नेपालको प्रतिनिधित्व गरिरहेको हुन्छु अनुभूति मैले हर हमेसा गरें । त्यसैले डाक्टरहरुसँग कुरा गर्दा पनि यो कुरामा ध्यान दिएँ । नेपालीहरुलाई अनपढ, बेवकुफ नठानुन् भनेर मैले निकै होस गरेर बोलें । यसमा पनि म अमेरिकनहरुका अगाडि उत्तीर्ण भएँजस्तो लाग्यो । अमेरिकनहरुका अगाडि नेपाललाई राम्रो रुपमा परिचित गराएँजस्तो लाग्यो ।
-मैले त्यहाँ अर्को के थाहा पाएँ भने मनिषाले नेपाली भएको नाताले अन्तरराष्ट्रिय मञ्चमा जानलाई र परिचित हुनलाई जति सजिलो छ, यसका लागि वीपी कोइरालाले धेरै संघर्ष गर्नुपरेको थियो । अन्तरराष्ट्रिय मञ्चमा प्रवेश गर्न राजनीतिज्ञलाई भन्दा सेलिब्रेटीलाई धेरै सजिलो हुँदोरहेछ । मनिषालाई २२ भन्दा बढी देशबाट विभिन्न मानिसहरुले स्वाथ्य लाभको कामना गर्नुभयो । अरु भिडियो बाटै हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment