सिराहामा शसस्त्र डाकाहरु द्वारा लाखौंको लुटपाट

03:03 Posted by npnews

सशस्त्र डाकाको एक समूहले सिरहाको असनपुर गाविस–२ र ३ बाट सुन र नगदसहित पाँच लाखभन्दा बढीको धनमाल लुटपाट ......
लाहान, १९ साउन । सशस्त्र डाकाको एक समूहले शनिबार बिहान सिरहाको असनपुर गाविस–२ र ३ बाट सुन र नगदसहित पाँच लाखभन्दा बढीको धनमाल लुटपाट गरेको छ । नलकटुवा पेस्तोल र घरेलु हतियारसहित गाउँ पुगेको १०/१२ जनाको समूहले असनपुर ३ बाट आज बिहान २ बजेतिर सूर्यनायारण सिंह दनुवारको घरबाट दुई तोला आठ आना सुनको तथा १० तोला चाँदीको गहना, ११ हजार र छ थान मोबाइल टेलिफोन लुटेर लगेको छ । त्यही समूहले त्यसअघि नै मध्यरातमा असनपुर–२ का राजेन्द्र साहको घरबाट एक तोला सुनको गहना, नौ हजार, मोबाइल दुई थान र घडी चार थान लुटेर लगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । साहका घरमा शुक्रबार बेलुका सबेरैदेखि नै लुटपाटको प्रयास भइरहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । डकैतीको प्रयास भइरहेका विषयमा प्रहरीलाई जानकारी गराउँदा पनि घटना भएको स्थानीयवासीले गुनासो गरेका छन् । प्रहरीको लापर्बाहीले घटना दोहोरिएको स्थानीय गाउँलेको गुनासो छ । प्रहरीले भने गस्ती टोली गाउँमै रहेको भए पनि डाका समूहले प्रहरीलाई झुक्याएर लुटपाट गरेको जनाएको छ । डाकाले घरमा सुतेका शिशुहरुलाई कुटपिट गरेको पनि जनाइएको छ भिडियो हेर्न तल क्लिक गर्नु होला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment