कुकुरलाई गुगलले बनाउँदैछ चश्मा

06:00 Posted by npnews

मानिसको लागि चमत्कारिक चश्मा गुगल ग्लास बनाएर चर्चामा आएको गुगलले अनुसन्धानको काममा खटिएका अब कुकुरलाई पनि गुगल ग्लासले चश्मा बनाउन थाल्यो !!!!!
इन्टरनेट जाएन्ट गुगलले कुकुरको लागि समेत चश्मा बनाउने भएको छ । मानिसको लागि चमत्कारिक चश्मा गुगल ग्लास बनाएर चर्चामा आएको गुगलले अनुसन्धानको काममा खटिएका कुकुरहरुका लागि लगाउन मिल्ने गुगल ग्लास बनाउन लागेको बताइएको छ ।

न्युयोर्क पोष्टको समाचार अनुसार यसका लागि गुगलले जर्जिया इन्स्िटच्युट अफ टेक्नोलोजीसाग सहकार्य गरेको छ । यो चश्मा लगाएपछि खानतलासीको काममा खटाइने स्निफर कुकुरहरुलाई सहयोग पुग्नेछ र उनीहरुले अनुसन्धान अधिकारीलाई थप जानकारी दिन सक्षम हुने बताइएको छ । यसको माध्यमबाट मानिसले समेत कुकुरको आाखाबाट विश्वलाई हेर्न सक्ने गुगलको दाबी छ । फिडो नाम दिइएको यो परियोजना अन्तरगत निर्माण गरिने चश्माको माध्यमबाट खानतलासीमा खटिने कुकुर र कुकुरसागै रहेका अनुसन्धान कर्मचारीबीचको संचार झनै सहज हुनेछ । यो चश्मा पहिरिएपछि कुकुरका लागि खानतलासी झनै सहज हुनेछ र उसले खानतलासीको बेला देख्ने प्रतिबन्धित वस्तुको जानकारी पाउने बित्तिकै सेन्सरको माध्यमबाट अनुसन्धान कर्मचारीलाई जानकारी दिन सक्नेछ । अर्को वर्षसम्ममा यो कुकुरको चश्मा बजारमा ल्याउने योजना गुगलको रहेको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment