उदितसँगै नाचिन् प्रियंका यो गाउँको ठिटो म’मा (भिडियो)

06:29 Posted by npnews

चलचित्र ‘मोहनी’मा समावेश ‘यो गाउँको ठिटो म कान्छा मेरो नाम’ बोलको गीतलाई कसले पो बिर्सेको छ र । यो गीत गाउने गायक उदितनारायण झा आज विश्वभर चर्चित छन् । शनिबार सम्पन्न एक अवार्ड कार्यक्रममा १२ बर्षपछि नेपाल आएका उदितले सबैलाई पुरानो याद ताजा बनाइदिए । पत्नी दिपासँगै स्टेजमा पुगेका उदितले केही नेपाली गीतहरु गाए । उदितको स्वरको जाँदुले उपस्थित दर्शक तथा चलचित्रकर्मीलाई मन्त्रमुग्ध बनायो ।नायिका प्रियंका कार्की पनि के कम थिइन् र उदितसँग नाच्ने मौका गुमाउन चाहिनन् । यसैले उनी पनि कार्यक्रम संचालन गरिरहेको पोडियमबाट हटेर उदितको हात समाउँदै नाच्न थालिन् ।
१२ बर्षदेखि उदितको आवाजमा प्रत्यक्ष गीत सुन्न नपाएका नेपाली चलचित्रकर्मीले आफ्नो प्यासलाई मेटाए । केही नेपाली गीत गाएपछि उदित हस्त नमस्कार भन्दै स्टेजबाट बाहिरिए । तर उनलाई फेरी के कुराको याद आएछ कुन्नी, पुन स्टेजमा र्फकदै हिन्दी गीत गाए । उनले नेपाल आएका एक बलिउड निर्माताको बयान गर्न पनि भ्याए । तर जे भएपनि उदितको सुमधुर स्वरमा प्रत्यक्ष गीत सुनेर धेरैले मनोरञ्जन लिएका थिए ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment