गुण्डा नाइके गणेश लामा न्यायिक हिरासतमा

06:04 Posted by npnews

काठमाडौं, श्रावण २ । अवैध धन्दा र गुण्डागर्दी गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेका गुण्डा नाइके गणेश लामालाई विशेष अदालतले थुनछेक सम्बन्धी बहस नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासमा आज भएको सुनुवाई नसकिएपछि लामालाई न्यायिक हिरासतमा पठाइएको हो ।  

लामालाई सिंहदरबार प्रहरी प्रभागको हिरासतमा पठाइएको छ । आफन्त र दलबलसहित अदालतमा उपस्थित भएका लामाले आफूले अवैध रुपमा सम्पत्ति आर्जन नगरेको लिखित बयान दिएका छन् । 

विभिन्न ब्यापार र कस्ट्रक्सन कम्पनीबाट आफूले सम्पत्ति जोडेको उनको दाबी रहेको अदालत स्रोतले बताएको छ । 

बहस सकिएपछि लामालाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्ने निर्णय हुनेछ । लामा विरुद्ध २७ करोड अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । 

यस्तै अभियोग लागेका पर्शुराम बस्नेत धरौटीमा रिहा भएपछि लामा पनि आफै अदालतमा उपस्थित भएका हुन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामासहित ५ गुण्डा नाइके विरुद्ध जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

प्रहरीले भने उनीहरुलाई फरार भन्दै पक्राउ गरेको छैन ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment