फेसबुकमा अरू सँग नजिकिएको देखेपछी पतिद्धारा पत्नीको हत्या

05:49 Posted by npnews

२ साउन, एजेन्सी । आफूलाई मन नपरेपछी छाडेको पतिले पत्नीले फेसबुकमा गर्ने गतिविधीको पतिले निरिक्षण गर्दै आएका थिए ।


 फेसबुकमा पत्नी अर्कै मानिसको नजिक भएको थाहा पाएपछी ती पतिले पत्नीको हत्या गरेका छन् ।बेलायतको ल्युसमा भएको यो घटनामा टाय मेडल्याण्ड र उनकी पत्नी समान्थाको बीचमा सम्बन्ध राम्रो हुन नसकेपछी समान्थाले घर छाडेर एक साथीको घरमाम बस्दै आएकी थिइन् । यता मेडल्याण्डले समान्थालाई धेरै पटक मनाउन खोजेपनि समान्था भने मेडल्याण्डबाट टाढा हुन खोजिरहेकी थिइन् । तर मेडल्याण्डले भने समान्थालाई छोड्न सकिरहेको थिएन र यही क्रममा उसले फेसबुकमा निरिक्षण गर्न थाल्यो । 
मेडल्याण्डलाई समान्थाको फेसबुकको पासवर्ड थाहा थियो । उसलाई समान्था आफुलाई छाडेपछी कोही अन्य व्यक्तिको नजिक पुगेकी थिइन् । समान्थाले क्रिस वुड्स नामका एक व्यक्तिलाई मेसेज गर्ने कुराकानी गर्ने र आफ्नो विवाह सम्बन्ध टुटिसकेको बताउने गरेको समेत मेडल्याण्डले थाहा पाएका थिए । यसरी आफ्नी पत्नी आफूलाई वेवास्ता गरेर अर्कैसँग नजिकिन थालेको थाहा पाएपछी उसले पत्नी समान्थाको चक्कु प्रहार गरि हत्या गरेका हुन् । 
मेडल्याण्डले समान्था आफ्नो सामान लिन मेडल्याण्डको घरमा पुगेको बेला चार वटा चक्कु लिएर भेट्न पुगेका थिए जहाँ उनले समान्थाको हत्या गरे । यसपछी उनलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment