श्रीमतीभन्दा पहिले बुबा-आमालाई सम्झनोस्’

05:15 Posted by npnews

२ साउन, काठमाडौं । धादिङको नलाङ मावि चरिमारेटारका शिक्षक ‘हेमराज सर’ उमेर र अध्यापनले मात्र होइन, अनुभव र ज्ञानले पनि उत्तिकै पाको हुनुहुन्छ । हाँसीमजाक र रमाइलो गरेर विद्यार्थीलाई पढाउने खुबी भएका उहाँ व्यवहारिक कुरामा पनि अरुभन्दा फरक हुनुहुन्छ । विशेष गरी बुढाबुढीलाई कसरी खुशी पार्नुपर्छ भन्ने उहाँमा रमाइलो अनुभव छ ।

जान्यो भने बुढाबुढी मान्छेलाई खुशी पार्न निकै सजिलो छ’ आफैं ज्येष्ठ नागरिक हुन लागेका र आफैंले बाबुआमा पालेका हेमराज अर्यालले अनलाइनखबरसित भन्नुभयो-’बा-आमा र श्रीमतीलाई ब्यालेन्समा राख्न सक्यो भने घर राम्रोसँग चल्छ, होइन भने भत्किन्छ ।’
घरमा बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुने उहाँको बुझाइ छ । ‘बुहारीको खटनमा बस्दैछु भन्ने लाग्यो भने बुढाबुढीलाई सबैभन्दा बढी नमज्जा हुन्छ’ उहाँले भन्नुभयो-’श्रीमतीलाई माया र बाबुआमालाई सम्मान गर्न जान्नुपर्छ ।’ छोरोलाई हुर्काई बढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बा-आमा बाँच्ने भएकाले उनीहरुको यो आशालाई कहिल्यै निराशामा नबदलियोस् भन्ने कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ‘छोरोलाई पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ, त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी काम गरेका हुन्छन्’ हेमराज सरले भन्नुभयो-’उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्न जरुरी छ ।’
बाआमाका जेठा छोरा हेमराज सर आफैंले बाआमा र श्रीमतीको फरक महसुस गर्नुभएको छ । ‘मेरी आमाको निधन हुँदा मलाई कसैले पनि बर्बाद भयो भनेनन्, तर श्रीमतीको निधन हुँदा थुक्क यसको बर्बाद भयो भनेर सबैले भने ।’ उहाँले भन्नुभयो-’बिहे गरेपछि बाआमा भन्दा श्रीमती नजिक हुनु स्वभाविक हो, तर बाआमाबाट पनि धेरै टाढा कहिल्यै हुन हुँदैन, दुबैलाई ब्यालेन्समा राख्न जान्नुपर्छ ।’

सबै कुरा थाहा दिनु
बुढा भैसकेका बाआमाको मनमा आशंका हुने काम नगर्ने हो भने उहाँहरुले कहिल्यै अपहेलित भएको महसुस नगर्ने हेमराज सरको अनुभव छ । ‘खान दिएर मात्रै हुँदैन, सम्मान गर्न जान्नुपर्छ’ हेमराज सरले भन्नुभयो । बूढा बा-आमालाई सबैभन्दा बढी मान चाहिने भएकाले छोराबुहारीले निम्न टिप्सहरु ख्याल गर्नुपर्ने उहाँको सल्लाह छ ।

· मेरो कमाइ यति छ भनेर बाआमालाई भन्ने । तलब बुझेको दिन सबै पैसा उहाँहरुलाई लगेर दिने । अझ आमाको अघिल्तिर पैसा फिँजाइदिने हो भने उहाँले मख्ख परेर पैसा गन्नुहुन्छ । आहा Û मेरो छोराको कमाइ भनेर निकैबेर सुम्सुम्याउनुहुन्छ । त्यहाँबाट ५० या सय रुपैंया झिकेर आफूले राख्नुहोला । नत्र बाबु तिमी नै राख भनेर दिनुहुन्छ । यसो गर्न सकेमा बाआमा निकै खुशी हुन्छन् । बाआमाले कति कमाउँछस् त बाबु भनेर सोध्दा तिमीलाई किन चाहियो, माग्दा दिएकै छु भनेर जवाफ फर्काउने वा हजार, दुई हजार अड्कलेर दिने हो भने बाबुआमा कहिल्यै खुशी हुन सक्दैनन् ।

ऋणधन, ऐंचोपैंचो, बेचबिखन, लेनदेन सबै कुरा बाआमालाई भन्ने । व्यवहार आफूलाई सुम्पेको हो भने पनि यसपालि खेतमा यो धान लगाउन लागेको, फलानो बाख्रा बेच्न लागेको, फलानोलाई यति पैंचो दिनु थियो के गरौं भनेर सोध्ने हो भने बाआमाले गरे हुन्छ भनेर राम्रो सल्लाह दिनुहुन्छ । आफूले गर्न खोजेको जस्तो सल्लाह आएन भनेपनि यो यस्तो छ, यसो गर्नुपर्ला त्यसैले मैले गरें है भन्यो भने पनि बाआमालाई पुग्छ । घरमा भएका बाआमालाई थाहै नदिइकन काम गर्ने हो भने उनीहरुमा आशंका बढ्छ ।
 कतैबाट फलफूल या केही मीठो खानेकुरा ल्याएको छ भने पहिले आमा या बालाई लगेर बुझाउने । आज त्यहाँ यस्तो देखें, अनि किनेर ल्याएको भन्ने । नत्र बाआमालाई भन्दा पहिले श्रीमतीलाई दिने चलन छ भने केही नल्याएको दिन पनि बाआमाले शंका गर्छन्-’यसले आज हामीलाई खानेकुरा दिएन, उसकै स्वास्नीलाई बुझायो ।’

 बाआमासँग सधैं भलाकुसारी गर्ने । कतै टाढा गएर आएको छ भने आज त्यहाँ यस्तो थियो, फलानो विवाह यस्तो भयो, दुलाहदुलही यस्ता थिए, आज मेरो अफिसमा यस्तो भयो जस्ता कुरा बाआमालाई भनिदिने । यसो गर्दा आहा मेरो छोरो सबै कुरा भन्छ, केही लुकाउँदैन भनेर बाआमा सन्तुष्ट हुन्छन् ।

· बुहारीले गर्ने पनि यस्तै हो । यसो गर्न लागेको बाआमा, त्यहाँ यस्तो भयो, फलानोलाई यस्तो पैंचो दिनु थियो के गरौं, म यसो गर्छु है, त्यहाँ गएर आउँछु है भनेर सोध्ने र भन्ने मात्रै गर्ने हो भने बाआमासँगको सम्बन्ध सधैं सुमधुर हुन्छ । बाआमा र छोराबुहारीबीच कहिल्यै नराम्रो हुँदैन ।
· बाआमाका लागि सबै छोराछोरी बराबर हुन्छन् । बुढेसकालमा कुनै छोरासँग बसेका छन् भने आफ्ना घरमा मीठोमसिनो पाक्दा नजिकै घर भएको अर्को छोरोलाई पनि दिन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । तर, सँगै रहेका छोराबुहारीलाई त्यो नलाग्न सक्छ । यस्तोबेला बुढाबुढीको मन बुझेर छिमेकको दाइभाइलाई पनि मीठोमसिनो खानेकुरा बाँडेर खानुपर्छ । पछि उनीहरुका घरमा मीठोमसिनो पाक्दा पनि ल्याइदिन्छन् ।

 बुढाबुढी भएका घरमा आफन्त र इष्टभित्र आउनेजाने भैरहन्छ । जति घरमा मान्छे आए, त्यति फाइदा हुन्छ । कति पाहुना आए भनेर झर्कोफर्को नगरी बाआमाका लागि उनीहरुको मानसम्मान गर्न सक्नुपर्छ । जति धेरैसँग सम्बन्ध भयो, त्यति राम्रो हुने हो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment