मतदाताभन्दा मत बढी ल्याउने ‘महान’ नेता

03:02 Posted by npnews

अघिल्लो संविधान सभा निर्वाचनमा बाबुराम भट्टराईले देशभरका अरु ६ सय सभासद्‌मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी हुने रेकर्ड राखेका थिए। यस पटक भने उनी कूल मतदाताभन्दा बढी मत ल्याउने महान् नेताको रुपमा अर्को रेकर्ड राख्न सफल भएका छन्।
 हालै उपाध्यक्ष पद त्यागेर त्यागको अर्को महान् नमूना देखाएर वरिष्ठ नेतामा बढुवा भएका भट्टराईले आफूले ल्याएको मतभन्दा मतदाता संख्या कम भएकोमा के कूतर्क गर्ने हुन्, सुन्न रमाइलो हुनेछ। भट्टराईले अघिल्लो संविधान सभा निर्वाचनमा गोरखाको क्षेत्र नम्बर २ बाट ल्याएको मत संख्या थियो- ४६ हजार २ सय ७२। यस पटक त्यही चुनाव क्षेत्रमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा कूल मतदाता संख्या रह्यो मात्र ४३ हजार ८ सय २२। अर्थात् भट्टराईले पाएको मत २ हजार ४ सय ५० ले बढी। ‘अन्नपूर्ण’का अनुसार त्यो चुनाव क्षेत्रमा पहिलेभन्दा ४२ हजार मतदाता घटेछन्। पहिलेको कूल मतदाता संख्या थियो ८५ हजार २ सय ४३।

यति धेरै मतदाता कसरी घटे त उनको निर्वाचन क्षेत्रमा ?

 पहिलेको निर्वाचनमा मरेका, विदेश गएका, हुँदै नभएकाहरुले पनि मत हालेका थिए। यस पटकको निर्वाचनमा आफै नागरिकतासहित उपस्थित भएर, औँठाछाप दिएर फोटो खिचेपछिमात्र मतदाता नामावलीमा नाम राखिने भएकोले मरेका र विदेश गएकाहरुको नाम हुने कुरै भएन। अब कूतर्क गर्दा भट्टराईले आफू प्रधानमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका धेरैलाई विदेश पठाएकोले कम भएको भन्न पाइयो। तर एउटै निर्वाचन क्षेत्रबाट ४२ हजार विदेश गएको पत्याउन भने गाह्रै छ।
अघिल्लो चुनावमा गोरखा क्षेत्र नम्बर १ मा कसले कति मत ल्याएका थिए ? बाबुराम भट्टराई सबैभन्दा बढी मत ल्याउने मात्र हैनन्, सबैभन्दा बढी मत अन्तरले जित्ने उम्मेदवार पनि थिए। तथ्याङ्कः निर्वाचन आयोग

 यस पटक निर्वाचनमा मतदाताहरुको रुचि छैन। त्यही भएर फोटो खिचाउन गएनन्। त्यसो हो भने त भट्टराई आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई सन्तुष्ट पार्न असफल भएका रहेछन्। प्रधानमन्त्री हुँदा उनी हरेक महिना जिल्ला जाने गरेका थिए। त्यस्तै घरैमा बसेर पनि मतदाता नामावलीमा नाम लेखाउन नगएको भए त उनको नेतृत्व क्षमतामा नै प्रश्न उठ्यो- ‘जानु पर्छ है’ भनेर आफूले वा आफ्ना कार्यकर्तालाई भनाउन सकेनन् आफ्ना क्षेत्रका मतदातालाई।

 अर्को कूतर्क गर्ने हो भने भन्न सकिन्छ बाबुराम भट्टराईलाई बदनाम गर्न त्यतिबेला प्रचण्डपक्षले टन्नै भोट बाबुरामको नाममा खसालिदिएका थिए। त्यही भएर त त्यति धेरै मतअन्तरले जितेको। अनि गोरखाको अरु दुई क्षेत्रमा भन्दा बाबुरामको क्षेत्रमा अहिले धेरै मतदाता घटेको ! गोरखा १ मा ३८ हजार र गोरखा ३ मा साढे ३५ हजार मतदाता घटेका छन्। पूरै देशमा भने ५५ लाख मतदाता घटेका छन्।

[कूल मतदाताभन्दा बाबुरामको मत संख्या बढी भएको मारेकाटे नमिल्ने कुरालाई अरु के के कूतर्क गरेर पुष्टि गर्न सकिएला, यसो तपाईँको पनि विचार छ
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment