प्रचण्डपुत्र प्रकाशले झण्डै मारेका मान्छे !

01:43 Posted by npnews

एमाओवादीका युवा नेता कृष्ण केसीले आफूलाई प्रचण्डपुत्र प्रकाशले झण्डै मारेको खुलासा
२ साउन, काठमाडौ । एमाओवादीका युवा नेता कृष्ण केसीले आफूलाई प्रचण्डपुत्र प्रकाशले झण्डै मारेको खुलासा गरेका छन् । शक्तिको आडमा उनले आफ्नो शक्ति प्रदर्शन गर्दै आफुलाई थर्काउने क्रममा झण्डै-झण्डै आफ्नो ज्यान गएको युवा नेता कृष्ण केसीले खुलासा गरेका हुन् ।

नेता केसीले पहिले मालेमा काम गर्दाका साथीहरूसँग भनेअनुसार प्रकाशको हातबाट थोरै मात्र ट्रिगर दबेको भए उनी स्वर्गबासी भइसक्ने रहेछन् । बीना मगरसँग भागेको कुरा सार्वजनिक गरेको भन्दै उनीसँग पड्किएका प्रकाशले आफ्नै बाबुको अंगरक्षकको पेस्तोल कृष्णमाथी ताकेका रहेछन् । उक्त समयमा यदी ट्रिगर थोरै मात्र दबेको भए आफ्नो ज्यान जाने थियो भन्दै आफ्ना पहिले मालेमा भएका केही साथीसँग गुनासो गरेका रहेछन् ।

प्रचण्डका निम्ती पार्टीद्धारा खटिएका अंगरक्षक खटाइएका युवराज दुलाल 'शरद'ले सगरमाथाबाट फर्केपछी प्रकाश तथा बिनाको प्रेम प्रकरणबारे माता सीतालाई भान्सामा पोल लगाइरहँदा प्रकाशले बैठकको ढोका समेत फुटाएको समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित गरिएको छ ।

उता, प्रकाशले बिनालाई राख्नका लागि ललितपुरको एउटा घरमा सुविधासम्पन्न फ्ल्याट लिएका छन् । उक्त फ्याल्ट हेर्दा चानचुने पैसाको नभएको सहजै अनुमान लगाउन सकिन्छ । यसबारे पेरिसडाँडामा समेत पटक-पटक कुरा उठिसकेको बताइएको छ ।  एमाओवादीका युवा नेता कृष्ण केसीले आफूलाई प्रचण्डपुत्र प्रकाशले झण्डै मारेको खुलासाको, भिडियो हेर्नुहोस् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment