आमाले जंगलमा छाडेका बालकले पाए नयाँ आमा-बुबा

06:47 Posted by npnews

पर्वत, साउन ३ - प्रेमीलाई खुसी पार्न आमाले जंगलमा छाडेको र बाबुले पनि अस्पतालमा अलपत्र छाडेका १३ महिने बालक भिष्म पौडेलले बाबु आमाको काख पाएका छन् । भिष्मलाई काठमाडौं कलङ्की बस्ने एक दम्पती (उनीहरुकै आग्रहमा नाम सार्वजनिक नगरिएको)ले बालकको संरक्षक बनि बाबुआमाको काख दिएका हुन् । निसन्तान ब्यवसायी दम्पती सन्तानको रुपमा भिष्मको संरक्षक बनेका हुन ।
जिल्ला बालकल्याण समितिले बिहीबार ती दम्पतीलाई बच्चा जिम्मा दिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा महिला विकास अधिकृत तथा बालकल्याण अधिकृत हरिलक्ष्मी मानन्धरले बालक दम्पतीलाई हस्तान्तरण गर्नुभयो । उहाँले जंगलमा फालिएको शिशुलाई सन्तानको रुपमा उचित संरक्षण गर्नका लागि संरक्षकलाई प्रतिवद्धता पनि गराउनुभएको थियो । बाल हस्तान्तरण गर्दै उहाँहरुले भन्नुभयो ‘आमाले जंगलमा र बाबुले अस्पतालमा छाडेको शिशुलाई सन्तानकै माया दिएर राख्नुहोला ।’ बालक भिष्म अलपत्र परेको समाचार उज्यालो अनलाइनसहितका सञ्चार माध्यममा प्रकाशित भएपछि अलपत्र शिशु पाल्न दर्जनौ परिवारले इच्छा देखाएका थिए । इच्छुक मध्ये आर्थिक हिसाबले सम्पन्न र पारिवारिक हिसाबले निसन्तान दम्पती छानेर बच्चा हस्तान्तरण गरिएको हो । भिष्मलाई पाउने परिवार पनि अत्यन्त खुसी भएको छ । ‘हामीले सन्तान पाएका छौ’ दम्पतीले भने ‘कोखको सन्तानकै माया दिएर राख्छौ ।’ समितिले बालबालिकासम्बन्धी ऐनको प्राबधानअनुरुप बालकको संरक्षक तोक्ने काम गरेको र भविष्यमा पनि त्यस्तो कुनै कानुनी विवाद नआउने गरी प्रकृया पुर्‍याएर बालकलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला बालकल्याण समितिका सदस्य श्यामकृष्ण अधिकारीले बताउनुभयो । नवलपरासी जिल्लाको गैडाकोट – ३ की आमा मिना पौडेलले ११ महिने भिष्मलाई मुडिकुवाको जंगलमा छाडेपछि २२ घण्टापछि प्रहरीले उद्दार गरेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराएको थियो भने उपचारकै क्रममा बाबु कृष्ण पौडेल भागेपछि अस्पतालले बालकलाई प्रहरीको जिम्मा लगाएको थियो ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment