बिएसपीका नेता सर्भेसको गोली हानी हत्या

05:21 Posted by npnews

४ साउन, एजेन्सी । बिएसपीका नेता सर्भेस सिंह सेपुको आज बिहान अजामगढस्थित उनकै निवासमा गोली हानी हत्या गरिएको छ । ६ जनाको अज्ञात समूहले उनीमाथी घरमा नै पुगेर गोली चलाएको थियो । 
तीन वटा मोटरसाइकलमा आएका ती ६ जनाको समूह उनलाई गोली हानेलगत्तै मोटरसाइकलमा नै भागेका थिए । उक्त घटनामा सेपुका दुई अंगरक्षकले समेत ज्यान गुमाएका छन् । उक्त कर्ममा दुवै तर्फबाट गोली हानाहान भएको बताइएको छ । प्रहरीले यस घटनाबारे छानविन गरिरहेको छ भने प्रहरिले पुरानो रिसिइवीका कारण सेपुको हत्या गरिएको हुन सक्ने आशंका गरेको छ । प्रहरीले शहरका सबै नाकाहरूमा कडा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ भने नजिकका शहरहरुमा पनि यस घटनाबारे जानकारी दिएको छ ।
यस घटनापछी सेपुको घरमा ठुलो संख्यामा उनका समर्थकहरुको भिड जम्मा भएको छ । उक्त भिडलाई नियन्त्रण गर्नका लागि प्रहरीलाई समेत हम्मेहम्मे परेको छ भने निकै ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइको छ । 
मात्र ३५ वर्षका सेपु सन् २००७ देखी २०१२ सम्म समाजवादी पार्टी एमएलएका रुपमा रहेका थिए भने उनका बाबु पूर्व मन्त्री समेत हुन् । समाजवादी पार्टीबाट अमर सिंह छुट्टिएपछी सेपु बिएसपीमा लागेका थिए,भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment