रोग प्रतिरोधी क्षमता बढाउने केही खानेकुरा

04:11 Posted by npnews

सरीरको इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधी क्षमता कमजोर भयो भने विभिन्न खाले रोगब्याधीले च्याँप्छन् । रोग विरुद्ध लड्ने सरीरको प्रतिरोधी क्षमता वृद्ध गर्न र सरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ जिवनशैली, सन्तुलित आहार विहारको खाँचो हुन्छ ।

 भोजनमा तपाइँले समावेश गर्ने खानेकुरामा तल दिइएका ८ प्रकारका खानेकुरा समेत समावेश गर्नुभयो भने तपाइँको सरीरको रोग विरुद्ध लड्ने क्षमता अवश्य पनि बढ्नेछ । १. लसुनः यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व हुन्छ । साथै यसले सरीका सिपाही मानिने सेता रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहन गर्छ । २.अंगुरः अंगुरमा प्रसस्तै भिटामिन सी पाइन्छ । यसमा बायो फ्लाभिनोइड्सका साथै अन्य फाइटो न्युटि्रएन्टस्हरु पाइन्छ । समग्रमा यसले सरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । ३.च्याउः च्याउमा सेलेनियमका साथै एन्टि अक्सिडेन्ट तत्व पाइन्छ । भिटामिन बी लगायतका भिटामिन पनि च्याउमा प्रसस्तै पाइन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइने विभिन्न अनुसन्धानले देखाएको छ । ४.सागपातः विभिन्न नामका हरिया सागपातमा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । ५. काउलीः काउली तथा ब्रोकाउलीमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा कोलिन, ग्लुटाथियोन लगायतका तत्व पाइन्छन् । ६.कटुस, ओखर जस्ता नट्सहरुमा पर्याप्त प्रोटिन, चिल्लोका साथै भिटामिन इ, ओमेगा ३ फ्याट्टी एसिड तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । ७. अण्डाको पहेँलो भागमा प्रोटिन, जिंक, सेलेनियम जस्ता तत्वहरु हुने भएकाले यसको सेवन मानिसको रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुन्छ । ८. दहीः दही स्वास्थ्यको लागि निकै लाभदायी खानेकुरा हो । यसको सेवनले आन्द्राका विभिन्न खाले रोग र क्यान्सर समेतको जोखिम कम गर्ने र सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने विज्ञहरुको दाबी छ । एजेन्सीको सहयोगमा 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment