एनआरएन डेनमार्कका उम्मेदवारमाथि एकाबिहानै साँघातिक हमला

17:35 Posted by npnews

एनआरएन डेनमार्कको निर्वाचन हुँदै छ यहि अगस्ट २४ का दिन । डेनमार्कमा एन आर एनको निर्वाचनको तिब्र सरगर्मी चढिरहेका बेला अध्यक्ष पदकै उम्मेदवार त्रिलोचन सापकोटामाथि आज बिहानै केहि हतियार धारीले सँघातिक हमला गरेका छन् । नागरिक समाज डेनमार्कका अध्यक्ष सुमन थापाले दिएको जानकारि अनुसार सापकोटा आज बिहानै आफ्नो कार्यथलोतिर जाँदै गर्दा निलो टोयोटा गाडीमा आएका केहि हमलाकारीले उनलाई करिब साँढे सात बजे आक्रमण गरेर घाइते बनाएका हुन् । उनको नाक, कान, घाँटी, मुख र आँखामा चोट लागेको छ । उनीहरुले आक्रमण गरेर हिडेपछि रगत बगाउँदै उनी चिकित्शककहाँ पुगेका थिए । सुमन थाले दिएको जानकारि अनुसार हमलाकारीहरु निलो टोयोटा कारमा आएका थिए । ति तिन चार जनाको समूहमा थिए । ति मध्ये केहि ओर्लिएर उनीमाथि आक्रमण शुरु गरेका थिए । हमलाकारीहरुले एक्कासि आक्रमण गरेकाले उनले सबैलाई रम्रोसित नियाल्न त भ्याएनन् । तर यस्सो हेर्दा ति नेपली नभएर बाहिरी मुलुकका नागरिक थिए । उनलाई कूटपिट गरेर आक्रमणकारिहरु हिँडिसकेपछि त्रिलोचन सापकोटाले गाडी भित्रको ब्यक्तिलाई नियाल्दा उसले निर्देशन दिएको अज्स्तो देखिएको थियो । उक्त निर्देशन दिने ब्यक्ति नेपाली हुनसक्ने अनुमान उनले गरेका छन् । यो घटनाले डेनमार्कका नेपालीहरु ज्यादै त्रसित छन् । ‘कहाँ कतिखेर को पो सुरक्षित रह्यो र?’ भन्ने मानसिक त्रास यसले फैलाएको छ’ थापाले भने । झन एन आर एन डेनमार्ककै उम्मेदवारमाथि आक्रमण भएकोलेपनि एन आर एनमा लाग्नेहरुले बढि त्रासको अनुभव गरेका छन् । घटना भए लगत्तै यसबारे प्रहरीमा जानकारि गराइसकिएको छ । प्रहरीले यसमा जाँचबुझ गरेर उपयुक्त कदमा चाल्ने अश्वाशन दिएको छ । यस घट्नाको जानकारि उनीहरुले तत्कालै अन्य नेपाली संघसंस्था र एन आर एन डेनमार्कका अध्यक्ष मोहन मिश्रलाईपनि दिएका छन् । घाइते सापकोटा पक्षले भने यो हमलामा कतै प्रतिद्वन्दी र आफुसित काम गर्ने कसैको रिसिबीले काम गरेको छ कि भनेर मूल्यांकन गरिरहेका छन् । तर हालसम्म सापकोटाले कसैमाथि त्यस्तो आक्रमणनै गर्ने र बैमनश्यता साँघ्ने काम नगरेको अनुभव गरेका छन् ।भिडियो हेर्न तलको बक्स भित्र डबल क्लीक गर्नुहोस
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment