भारतको चीनलाई कडा जवाफ, बोर्डरमा भारतले थप्यो ५० हजार सेना

02:02 Posted by npnews

३ साउन, काठमाडौ । केही महिनायता भारत र चीनबीच सिमाविवाद बढ्दै गएको छ । सिमा विवाद बढिरहेको र समाधान हुन नसकिरहेको बेला भारतले सिमा सुरक्षाका लागि सेनाको संख्या बढाउने निर्णय गरेको छ । भारत सरकारले करिब ५० हजार सेना थप्ने र यसका लागि ६५ करोड भारतीय रूपैयाँ खर्च हुने अनुमान गरेको छ ।

चीनको सेनाले बारम्बार सिमा नाघेर हैरान बनाएको घटनालाई विचार गरेर प्रधानमन्त्री मनममोहन सिंहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले बुधबार यस्तो निर्णय गरेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले खटाउने ती सेनाको मुख्यालय पश्चिम बंगालमा स्थापना गरिने छ भने बिहार आसाममा यसको दुई वटा डिभिजन निर्माण गर्ने भएको छ । यस्तै, जम्बु-कश्मिरको लद्धाख र अरूणाचलमा पनि यसको इकाई गठन गर्ने छ । यी सबै कार्यका लागि सेनालाई करिब ७ वर्ष लाग्ने अनुमान गरिएको छ ।भिडियो हेर्नुहोस 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment