बाबुरामले आफ्नो प्रस्ताव नमानेपछी प्रचण्डलाई 'टेन्सन

02:09 Posted by npnews

३० असार,पार्टीमा जारी पदिय भागवण्डाका विषयमा एमाओवादी अध्यक्ष प्रचण्डलाई अर्को झड्का लागेको छ। निकै आशा सहित आज उपाध्यक्षबाट राजिनामा दिएर बसेका बाबुराम भट्टराईलाई प्रचण्डले पुरानै पदमा फर्कन आह्वान गरेका थिए। तर बाबुरामलाई त्यसलाई ठाडै इन्कार गरिदिए।आज प्रचण्ड निवासमा लाजिम्पाटमा दुइ नेताको भेटवार्ता भएको थियो।
प्रचण्डले फेरी बाबुरामलाई वरिष्ठ नेता बन्न प्रस्ताव गरे। तर बाबुरामले यसमा पनि चासो दिएनन् बरु अध्यक्षलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएर उम्किए। 
बाबुरामले आफ्नो प्रस्ताव नमानेपछी प्रचण्डलाई 'टेन्सन ' भएको स्रोतले बताएको छ। विशेष गरि चुनावको समय आइरहेको बेला भट्टराई पार्टीको जिम्मेवार पदमा नहुँदा राजनैतिक घाटा हुने हो की भनेर प्रचण्ड तनाव रहेको बताइएको छ।

यसै गरि प्रचण्ड तनावमा आउनुको कारण अर्कै रहेको पनि एमाओवादी पार्टी वृतमा चर्चा चलेको छ। केही नेताले बाबुरामले उपाध्यक्ष छोडेर अध्यक्ष हत्याउन योजना बनाएको सुनाइदिएपछी प्रचण्ड झस्किएको बताइएको छ। भोली बाबुरामले पार्टी मेरै विचारमा चलेकोले अध्यक्ष पनि मलाई दिनु पर्ने माग राखे के गर्ने भनेर पनि प्रचण्डलाई केही नेताले डर देखाइदिएको चर्चा छ।त्यसैले प्रचण्ड बाबुरामलाई कुनै ठुलै भुमिकामा ल्याउन कम्मर कसेर लागेको बताएको छ, बाबुरामले आफ्नो प्रस्ताव नमानेपछी प्रचण्डलाई 'टेन्सन भिडियो  ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment