तीन महिलालाई सडकमा नाङ्गै घुमाएपछि...

02:26 Posted by npnews

३० असार, एजेन्सी । तीन क्रिस्चियन महिलालाई पाकिस्तानको पञ्जाब प्रान्तको एक सडकमा नांगै घुमाउने एक मुस्लिम घरमालिकमाथि एक पाक अदालतले अनुसन्धान गर्न निर्देशन दिएको छ ।

लाहोरको उच्च अदालतले शुक्रबार जिल्ला न्यायाधीशलाई सो घटनाबारे अनुसन्धान गर्न र दुई साताभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो । स्थानीय एक मुस्लिम घरबेटी मुहमद मुनिरका सशस्त्र मानिसले तीन क्रिस्चियन महिलालाई एक महिनाअघि निर्घात कुटपिट गरी सडकमा निर्वस्त्र डुलाइएको थियो । मुहमद पाकिस्तानको सत्तासीन पार्टी पाकिस्तानी मुस्लिम लिग–नवाज आबद्ध रहेको बताइएको छ । सो घटना गत महिनाको पहिलो साता भएको थियो ।
एसियाली मानव अधिकार आयोग (एएचआरसी) ले एउटा विज्ञप्ति जारी गरेपछि सो घटना सार्वजनिक भएको हो । सशस्त्र व्यक्तिले आक्रमण गर्दा पीडितका परिवारमध्येका एक साडिक्यु मसिह काम सिलसिलामा घरबाहिर रहेको बताइन्छ ।

मुनिरले नेतृत्व गरेको एक समूह सो क्रिस्चियनको परिवारमा गएको थियो । यसअघि मुनिरले मसिहलाई आङ्खना छोराहरू सार्वजनिक गर्न आग्रह गरेको थियो । उनीहरूबीच गाईबस्तुको विषयमा लामो समयदेखि झगडा भएको थियो । मसिहका छोराहरूलाई फेला नपरेपछि आक्रमणकारीले मसिहका तीन बुहारीहरूलाई आफूसँगै बाहिर लगेका थिए ।
मुनिर र उनको सशस्त्र समूहले सर्वप्रथम महिलालाई निर्वस्त्र पारिदिएको र त्यसपछि जबरजस्ती सडकमा परेड गराएका थिए । महिलाले सहयोगका लागि चिच्च्याएपछि गाउँका पाक महिलाहरू पीडितको उद्धारका लागि सडकमा पुगेका थिए ।
भाग्नुपूर्व आक्रमणकारीले पीडित र उद्धारकर्तालाई सो घटनाबारे प्रहरीलाई उजुरी नगर्न चेतावनी दिएका थिए , भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment