डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

06:14 Posted by npnews

आफ्नै घरमा पालेको मयुरलाई बलात्कार गरेर मारेको आरोपमा डेभिड बेकम्यान पक्राउ परेका छन् । घरमा पालिएको मयुर उनको ग्यारेजमा मृत फेला परेपछि प्रहरीले त्यो मयुरमाथि बेकम्यानले यौन दुव्र्यवहार गरेर मारेको हुनसक्ने आशंकामा पक्राउ गरेको हो ।
समाचार पढिरहँदा तपाइँ झसँग हुनुभयो होला । बेलायतका चर्चित फुटबलर डेभिड बेकह्यामलाई झल्यास्स सम्भिmनुभयो होला र कतै उनै बेकह्यामले पो मयुरलाई बलात्कार गरे की भन्ने अनुमान गर्नुहोला । तर यसरी मयुरलाई बलात्कार गर्ने डेभिड बेकह्याम नभएर डेभिड बेकम्यान हुन् । अमेरिकाको इलिनोइस स्थित रोजेलका बासिन्दा बेकम्यानलाई उनको फिल नामको मयुरको मृत्युको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको छ ।६३ वर्षका बेकम्यानले उनको मयुरमाथि बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ । केही दिनअघि राम्रै हालतमा रहेको मयुर एक्कासी मरेको र उक्त मृत मयुरको हालत हेर्दा त्यसमाथि यौन दुव्र्यवहार भएको देखिएको प्रहरीको भनाइ छ ।
बेकम्यानमाथि दुव्र्यवहारका अरु तिनवटा मुद्दा तथा आफ्नो साथमा गाँजा राखेको लागु औषध मुद्दा समेत लागेको छ । आउँदो जुन १२ गते उनलाई अदालतमा उभ्याइँदैछ । सोहि दिन उनीमाथिको मयुर बलात्कारको अभियोगमा पनि सुनुवाई हुनेछ ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment