मोबाइलको विषयमा विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

03:08 Posted by npnews


जेठ ३। बागलुङको निसी गाविसमा श्रीमानले ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
निसी गाविस वडा नं ८ टाकुलेडेरा बस्ने अन्दाजी २५ बर्षिय देवीराम दमाईले हिंजो राति करिब ९ बजेतिर मोबाईलको विषयमा सामान्य विबाद हुँदा आफ्नै श्रीमती अन्दाजी २१ बर्षिया सुनमायाँ दमाईलाई ढुंगाले टाउकोमा हानेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
मोवाइलबाट परपुरुषहरुवीच हुने बाचचितले पतिपत्नीवीच शका उपशंका उत्पन्न भै यस किसिमका अपराधिक घटनाहरु समाजमा सामान्य बन्दै गएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि आज बुर्तिबाङ ल्याईएको र फरार रहेका देवीरामको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका ईन्चार्ज सन्तोषकुमार पोख्रेलले जानकारी दिए
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment