प्लेब्वाई आर्यनसँग एक बर्षमा बिहे गर्छु : सपना (आर्यन प्रेमिका

02:36 Posted by npnews

नायक आर्यन सिग्देलले एक कार्यक्रममा प्रेमिकालाई नै लिएर गएपछि यसको चर्चा बजारमा निक्कै चल्यो । अनलाइनखबर मार्फत आर्यन र उनकी प्रेमिकाको तस्बिर सार्वजनिक भएपछि यसले सर्वत्र चर्चाको बिषय पायो । जोरपाटी निवासी सपना भण्डारीसँग आर्यन २ बर्षयता प्रेममा डुबेका छन् । सपना र आर्यन अहिले प्रायसँगै हुने गर्छन् । आर्यनसँगको प्रेमको बारेमा खुलेरै कुरा गर्ने सपनाले अनलाइनखबरसँग पनि कुराकानी गरेकी छिन् । उनीसँग अनलाइनखबरले गरेको छोटो कुराकानी यसप्रकार छ



१. कसरी भेट भयो आर्यनसँग ?
आर्यन र मेरो भेट फेसबुक मार्फत भएको हो । फेसबुकमा उहाँले रिक्वेष्ट पठाएपछि कुरा हुन थालेको हो ।
२. प्रपोज पहिले कसले गर्‍यो त ?
प्रपोज उहाँले नै पहिले गर्नु भएको हो ।
३. फेसबुकमा कुरा भएको कत्ति समय पछि प्रपोज गर्नु भयो त ?
हामीले फेसबुकमा कुराकानी गर्न थालेको ९ महिना पछि मात्र भेटेका हौ । फेसबुकमा नम्बर साटासाट भएपछि लामो समयसम्म फोनमा कुरा भयो ।
४. आर्यन सिग्देललाई नायकको रुपम चिन्नुभएको थियो ?
उहाँलाई फेसबुकमा भेट्नु भन्दा १ महिना अघि हिरो हो भन्ने थाहा पाएको थिए ।
५. आर्यन सिग्देललाई त सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्छन् नि थाहा पाउनु भएको छ ?
मैले पनि धेरै सुनेको छु । तर मैले उहाँसँग संगत गरिसकेपछि त्यस्तो पाइन । उहाँको व्यवहार धेरै मन पर्‍यो मलाई ।
६. अब बिहे गर्ने योजना पनि त होला नि हैन ?
पक्कै पनि हामीले सल्लाहा गरिसकेका छौ । हामी १ बर्ष भित्रमा बिहे गर्छौ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment