छोरा प्रकाशलाई निराश पारेर प्रचण्ड काठमाडौ ओर्लिए

12:43 Posted by npnews


१७ वैशाख,काठमाडौ। अन्ततः आफ्नो बहुप्रतिक्षित र बहुप्रचारित भारत भ्रमण सकेर एमाओवादी अध्यक्ष प्रचण्ड काठमाडौ आइपुगे। हवाइमार्गबाट काठमाडौ ओर्लदा-नओर्लदै प्रचण्डको भारत भ्रमणको समिक्षा शुरु भइसकेको छ। कांग्रेस-एमालेसँग सम्वन्धित सञ्चारमाध्यमले प्रचण्डको भ्रमणले लछारपाटो लगाउन नसकेको टिप्पणी गर्नेछन् भने एमाओवादी सम्वद्ध मिडियाहरुले प्रचन्ड भ्रमणको बढाइ चढाई गर्ने निश्चित छ।
ठुला भनेका र चलेका मिडियामा काम गर्ने पत्रकारहरु पनि अघोषित रुपमा एक-एक वटा लाइनका भएको कसलाई थाहा छैन र ? त्यसैले नेपालका कथित मुलधारका मिडियाबाट पनि प्रचण्डको भारत भ्रमणबाट सहित विश्लेषणको अपेक्षा गर्नु बेइमानी सिवाय केही होइन्। त्यसैले प्रचण्ड भ्रमणको समिक्षाको सहित वास्विकता नेपाली हेडलाइन्सले अवश्य प्रस्ततु गर्ने छ।
यहाँ प्रसंग फरक छ। केही दिन यता केही सप्रेका र बुबाको राजनितिमा सघाउन कम्मर कसेका प्रचण्ड पुत्र प्रकाश दाहाल नै प्रचण्डबाट असन्तुष्ट बनेको खबर प्राप्त भएको छ। 
बिनासँग सल्किएपछि दिल्लीमा बरालदिँदा, भौतारिँदा शान्ती प्रक्रियामा आएयताका पिता प्रचण्डका राजनैतिक बोलीचाली बिर्सिएका झै भएका प्रकाशलाई प्रचण्डले -'बाबु अब त सुध्रि, सहि कुरा गर, हावा कुरा नगर, देश हितमा लाग' भनेका रहेछन्।
जति उट्पट्याङं गरेपनि प्रकाश परे सिधा कुरा बुझ्ने र त्यही अनुसार कुरा गर्ने आज्ञाकारी छोरो । उनले डेढ अक्कल लाए र पिताले जनयुद्ध कालमा र भारत विरुद्ध सुरुङ खन्ने कालमा दिएका सुत्रको प्रयोग गर्दै फेसबकमा फ्याट्ट लेखिदिए-सिमाका विषयमा अध्यक्ष क प्रचण्डसंग कुरा भएको छ वहाँले सिमाको विषयमा जोडदार मांग उठाउने हुनु भएको छ, आउनुस् सिमालगायत आवत विषयमा वहाँका भ्रमण सफल बनाउँ । '
पिता प्रचण्डबाट सज्जन बन्ने दिक्षा पाएका प्रकाश यतिमा पनि रोकिएनन, उनले भारत विरुद्धमा अर्को जोडदार स्टाटस फेसबुकमा पड्काए-'चीनले भारतको लद्दाख नजिक चिनियां सेना आउदै आफ्नो सिमा मिच्यो भनेर दुनिया भर सन्सनी मच्चिएको छ, तर दिनंहू रातारात डकैतीको शैलिमा सिमा पिल्लर सारि नेपाली भूभाग लुट्ता उल्टै पेल्ने खोज्ने भारतीय शासकको बुद्दी फिर्न जरुरी छ । हामी भारतका गुलाम हाईनौ ए भारतीय शासक ! सम्बन्धित निकायले बुझुन् तथा क प्रचण्डले आफ्नो भ्रमण यस विषयमा जोडदार आवाज उठाउनपनि विशेष अनुरोध गर्दछु । यो पुरै नेपालीको माग हो ।"
तर प्रचण्डले फेसबुक हेरेनन् र छोरा प्रकाशलाइ भन्नै पर्ने एउटा कुरा भनेनन्- सज्जन त बन् बाबु त केही कुरा पुरानै भएपनि ठिक हुन्छ। प्रकाश मोरा सोझा सोचेनन् दायाँ बायाँ ।
प्रचण्ड भारत गए,नेताहरुलाई भेटे, प्रधानमन्त्री सम्म भेटे तर कहिं कतै उनले सिमा विवाद, भारतले सिमा मिचेको कुरा उठाएनन्। 
छोरा प्रकाशले अपेक्षा गरेअनुसारको भाषामा त कल्पना बाहिरको कुरा भयो।
त्यसपछि प्रकाश पिता प्रचण्डसंग 'बेखुसी' रहेको बताइन्छ। आफुले फेसबुकमा उठाएका 'नाथे' कुरा भारतिय सरकारसंग उठाउन नसकेकोमा प्रकाश पितासंग निराश बनेका छन्।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment