बाकेमा भैंसीले सेतो पाडा पाए पछी

05:45 Posted by Admin


१६ मंसिर, नेपालगञ्ज । यो कस्तो अचम्म ? आमा काली छोरी गोरी झट्ट हेर्दा अपत्यारिलो तर, सत्यः बाँके बेलभार-२ चौधरीपुर गाउका किसान विर्खबहादुर थापाले पालेको भैंसीले निक्खर सेतो पाडी पाएको छ । उहाँको घरमा पालेको भैंसीले गत कात्तिक १४ गते सेतो पाडी पाएको हो ।

दैनिक १० लिटर दिने सो भैंसीले सेतो पाडी पाएपछि उनको घरमा हेर्न आउनेको घुईचो लाग्ने गरेको थापाका जेठा छोरा तेजबहादुर थापाले जानकारी दिनुभयो । बिहानको दुध स्थानीय डेरीमा लैजाने र साँझको घरमै खाने गरको थापा बताउनु हुन्छ । ७७ वर्षीय कृषक थापाले आफ्नो जीवनकालमा भैंसीले निक्खर सेतो पाडो वा पाडी पाएको थाहा नपाएको बताउनु भयो । उहाँले गोरो भएकोले पाडीको नाम पनि गौरी राख्नु भएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment