शवलाई लगाइएका माला वैदेशिक रोजगारमा जाने यात्रुको गलामा

05:53 Posted by Admin

१६ मंसिर, काठमाण्डौं । आर्यघाटमा ल्याइने शबमा चढाइएका फूलका माला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि आउने-जाने यात्रुको गलामा पुग्ने गरेका छन् । शवमा प्रयोग भएका वस्तु असुद्ध मानिने भएपनि त्यस्ता काम भइरहेको कुरा न त सामान फ्याक्नेलाई थाहा छ न प्रयोग गर्नेलाई नै । बागमतीमा बगाइएको यस्तो माला बिक्री गर्ने धन्दामा संलग्न राजु कोइली पैसा कमाउन सजिलो बाटो भएकाले आफु यो पेशामा लागेको बताउँछन् । वैदेशिक रोजगारीमा जाने आउनेहरुको भीडभाडमा यस्ता माला सजिलै विक्ने गरेको उनको भनाई छ । विदेश जाने आउनेलाई सस्तोमा धेरै माला दिनेगर्दा त्यस्ता माला छिटो बिक्री हुने गरेको र बिक्न कुनै समस्या नभएका बताउँछन् । तर कोइलीले माला आफुले भेला गरेको नभई अरुबाट खरिद गर्ने गरेको पनि जानकारी दिएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment